Sajhamanch Archive

सर्लाहीमा डिपार्टमेन्ट स्टोरबाट १५ लाख चोरी

Published: in राष्ट्रिय समाचार, समाज by .

सर्लाही । सदरमुकाम मलङ्गवास्थित मुख्य बजार क्षेत्रको मध्यभागमा रहेको एएस डिपार्टमेन्ट स्टोरबाट १५ लाख चोरी भएको छ ।

स्थानीय शङ्कर चौधरीले सञ्चालन गरेको स्टोरबाट बुधबार छ जनाको समूहमा आएका चोरले सटरमाथि तानेर काउन्टरमा राखिएको १५ लाख चोरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

बुधबार चोर सटर तानेर भित्र पसेको र काउन्टरमा राखिएको रकम मात्र लिएर फरार भएको सीसीटिभी फुटेजमा देखिएको प्रहरी उपरीक्षक गोपाल चन्द्र भट्टराईले जानकारी दिए ।

६ जनाको समूहले चोरी गरेको सीसीटिभी फुटेजमा देखिएको छ । सटर तानेको ठाउँमा पाँचजना बाहिर बसेको र एकजनाले पैसा झिकेपछि भागेको सीसीटिभी फुटेजमा देखिन्छ ।

चोरको समूह पैसा चोरेर गोरखकालीको बाटो हुँदै भारतीय क्षेत्रमा प्रवेश गरेको नेपाल प्रहरीले सीमा नाका नजिक लगाएको सीसीटिभी फुटेजमा देखिएको प्रहरी उपरीक्षक भट्टराईले बताए ।

चोरीको घटना सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको उनले बताए । सामान अर्डर दिएका व्यापारीलाई दिन राखिएको पैसा चोरी भएको स्टोरका सञ्चालक शङ्कर चौधरीले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *