Sajhamanch Archive

छोराको हत्या आरोपमा बाबु पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

दोलखा । अपांगता भएको छोराको हत्या आरोपमा शैलुङ गाउँपालिका ४ का ४४ वर्षीय चुडाबहादुर रेग्मी पक्राउ परेका छन् ।

हिडडुल गर्न नसक्ने २२ वर्षीय छोरा बेदबहादुर रेग्मीलाई फोहोर गरेको झोकमा चुडाबहादुरले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। दोलखास्थित जिल्ला प्रहरी कार्यालयका अनुसार बुधबार घरमा फोहर गरेपछि उनले छोरा बेदबहादुरको टाउकोमा हतौडाले हानेर हत्या गरि कम्बलमा पोको पारेर खहरे खोलामा फालिएको प्रहरीले जनाएको छ।

बोल्न र हिड्न नसक्ने बेदबहादुरलाई बैशाखको सुरुवातीदेखि नदेखेपछि शंका लागेर प्रहरीले अनुसन्धान सुरु गरेको थियो। बेदबहादुरले घस्रदैँ जताततै दिशापिसाब गरेका कारण हत्या भएको हुनसक्ने प्रहरीको भनाई छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *