Sajhamanch Archive

सुगम बचाउ अभियानलाई कैदीबन्दीको सहयोग

Published: in राष्ट्रिय समाचार, समाज, by .

भद्रपुर । ब्लड क्यान्सर रोगको कारण मृत्युसँग लडिरहेका झापा हल्दिवारी गाउँपालिका बस्ने १३ वर्षीय बालकलाई बचाई दिन उनका परिवारजनले आग्रह गरेका छन्। आर्थिक अवस्थाले कमजोर बालकका परिवारजनलाई उपचार गराउन ठूलो रकमको आवश्यकता परेको छ।

साबिक जलथल गाविस ७ हाल हल्दिवारी गाउँपालिका ४ अधिकारी चोकका १३ वर्षीय गोपीचन्द्र दंगाल ९सुगम० लाई ब्लड क्यान्सर भएको चिकित्सकले बताएका छन्। स्थानीय चिल्ड्रेन गार्डेन स्कुलमा कक्षा ७ मा अध्ययनरत सुगमलाई ब्लड क्यान्सर भएको परिवारजनले दुई महिना अघि मात्र थाहा पाएको उनका काका मनकुमार दंगालले बताए।

झापामा उपचार सम्भव नभएपछि हाल उनको काठमाडौँस्थित कान्ति बाल अस्पतालमा उपचार भइरहेको छ। ‘तीन महिना अघि छोराको शरीरमा निलो थेग्ला, दाँतबाट रगत आएपछि उपचारका लागि भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पताल लगेका थियौं’, उनका बुबा भीष्मले भने,‘ओमसाईका चिकित्सकले नाकामा मासु पलाएकोले समस्या आएको भन्दै छोराको शल्यक्रिया गरेका थिए।

शल्यक्रिया गर्दा करिब एक लाख खर्च भएको थियो।’ ‘नाकाको शल्यक्रिया पश्चात् पनि छोरा सन्चो नभएपछि थप उपचारका लागि चैत ४ गते काठमाडौं लगेको र कान्ति बाल अस्पतालका चिकित्सकले छोरालाई ब्लड क्यान्सर भएको जानकारी गराएको थियो,ु उनले भने।

सामान्य खेतीपाती गर्दै परिवार पाल्दै आएका भीष्मले छोराको उपचारमा आर्थिक खर्च जुटाइदिन सबैसमक्ष हार गुहार गर्दै छन्। कान्ति बाल अस्पतालका डा।सुधीर सापकोटाको भनाई लाई उद्धृत गर्दै उनले भने, ‘छोराको उपचार ४४ महिना गर्नुपर्ने हुन्छ।

त्यसका लागि ३५ देखि ४० लाख खर्च हुन्छ।’ ‘अहिलेसम्म ९ लाख खर्च भइसकेको छ। छोराको उपचारका लागि ५ लाख ऋण लिएका छौं। छोरा पढ्ने स्कुलले ६३ हजार सहयोग गरेको छ’, उनले भने, ‘यति रकमले नपुग्ने भएपछि स्थानीयद्बारा गठित गोपी चन्द्र ढंगाल सुगम ब्लड क्यान्सर बचाउन अभियानले चार लाख सहयोग गरेको छ।’

छोराको उपचार गराउन अझै ३० लाख लाग्ने देखिन्छ, छोरा बचाइदिनुहुन उनले सबै समक्ष अपिल समेत गरेका छन्। सुगम बचाउ अभियानलाई कैदीबन्दीको सहयोग मनकुमारको एक मात्र छोरा सुगमको ब्लड क्यान्सर रोग देखा परेपछि स्थानीयको भेलाले चैत २८ गते गोपी चन्द्र ढंगाल सुगम ब्लड क्यान्सर बचाउन अभियान सुरु गरेको अभियानका संयोजक तुलसीप्रसाद मिश्रले जानकारी दिए।

अभियान स्वरूप चन्दा रसिद छपाएर आर्थिक संकलनमा जुटेको उनले बताए। उनका अनुसार हालसम्म ४ लाख रुपैयाँ बढी पीडित परिवारजनलाई दिइसकेका छौं। यसै अभियानको क्रममा झापा कारागार र बन्दी विकास पुस्तकालयले सुगम बचाउन अभियानलाई नगद २१ हजार गरेको छ।

जेल जीवन बिताइरहेको कैदी बन्दीबाट संकलित सो रकम झापा कारागारका चौकीदार मोहन धितालले अभियानका संयोजक मिश्रलाई हस्तान्तरण गरेका थिए। त्यसै गरी महिला कैदीबन्दीले पनि अभियानलाई आर्थिक सहयोग गर्ने बताइएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *