बालबालिकाको पहिलो पाठशाला घर
Published:
by .मेचीनगर । मेचीनगरमा आज आयोजित एक कार्यक्रमका सहभागीहरुले बालबालिकाको पहिलो पाठशाला घर भएकाले घरबाटै असल व्यवहारको शिक्षा दिनुपर्ने बताएका छन् ।
बाल जागरण मञ्च नेपालले मेचीनगर वडानम्बर ६ को सहकार्यमा काँकरभिट्टास्थित एनएमसी सभाहलमा आयेजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् ।
बालबालिकाको क्षमता अभिवृद्धिका लागि सरोकारवालासँगको छलफलमा सहभागीले घरबाट जस्तो कुरा सिकायो उनीहरुले त्यस्तै कुरा सिक्ने भएकाले घरबाट नै उनीहरुको क्षमता अभिवृद्धिका लागि परिवार सक्षम हुनपर्ने बताएका थिए ।
सो कार्यक्रममा वडानम्बर ६ का अध्यक्ष ललितबहादुर तामाङले हरेक अभिभावकले आफ्ना नानीहरुलाई असल शिक्षा दिक्षा दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा सञ्चारकर्मी, शिक्षक, विद्यार्थी, अभिभावक, प्रहरी, समाजसेवी, बाल अधिकार अभियन्तालगायत ३० जनाभन्दा बढीको सहभागिता थियो ।
बाल जागरण मञ्च नेपालका अध्यक्ष मणिकुमार लिम्बूको अध्यक्षतामा भएको कार्यक्रममा गोविन्द न्यौपाने, बिना तामाङ, सोमराज ढकाल, बालकृष्ण सापकोटा, केशर तिम्सिना, निशान्त राई, राजीव भुजेल, मिलन राई, प्रेनिजा ढकाललगायतले आफ्नो अनुभव तथा जिज्ञासा राखेका थिए ।
मदन अधिकारीले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य अनिता गुरागाईँले गरेकी थिइन् ।
Comments