साझामञ्चकर्मी भण्डारी उवासंघको अध्यक्षमा निर्विरोध निर्वाचित
Published:
by .केर्खा । झापा उद्योग वाणिज्य संघ केर्खा शाखा कमल गाउँपालिकाको आज सम्पन्न १२औं वार्षिक साधारणसभाबाट व्यवसायी उमानाथ भण्डारी अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।
भेटरीनरी व्यवसायी भण्डारी साझामञ्च डटकमका प्रतिनिधि पनि हुन् । उनी एक दशकभन्दा अघिदेखि पत्रकारितामा पनि क्रियाशील छन् ।
आगामी ३ वर्षे कार्यकालका लागि अध्यक्षमा निर्विरोध चयन भएका भण्डारी यसअघि कार्यवाहक अध्यक्ष थिए । संघको वाणिज्य उपाध्यक्षमा अमल श्रेष्ठ, उद्योग उपाध्यक्षमा युवराज पाठक र सचिव विरेन्द्र अधिकारी चयन भएका छन् ।
यस्तै संघको वाणिज्य उपसचिवमा कृष्ण ओझा, उद्योग उपसचिव सेलिना राई र कोषाध्यक्षमा भगिरथ रिजालसमेत सर्वसम्मत निवाचित भएको निर्वाचन समितिका संयोजक शरणकुमार पराजुलीले जानकारी दिए ।
संघको सदस्यमा रामप्रसाद दाहाल, यदुपति मल्लिक, भुवन चम्लागाई, मुक्तिनाथ काफ्ले, शेखर निरौला, देवीमाया नेपाल र विन्दू राई सर्वसम्मत निर्वाचित भएका संयोजक पराजुलीले बताए ।
वार्षिक साधारणसभाको उद्घाटन कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले गरेकी थिइन् । सभाको उद्घाटन मन्तब्यमा गाउँपालिका अध्यक्ष काफ्लेले सरकारी, सहकारी र निजी क्षेत्रको सहकार्यमा मात्र सबैकुराको विकास हुने भएकोले आगामी दिनमा सहकार्यमा अग्रसर हुन व्यवसायीलाई सुझाव दिइन् ।
त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका सदस्य उमेश डालमियाले सबै नगर र गाउँपालिकामा रहेका उद्योग वाणिज्य संघहरु अब स्वतन्त्र हुने भएकाले विधान संशोधन गरी व्यवसायीको हक हितका लागि अगाडि बढ्नु सुझाव दिए ।
वार्षिक साधारणसभाको उद्घाटन समारोहमा कमल गाउँपालिका वडानम्बर ३ का वडाध्यक्ष नरप्रसाद दंगाल, झापा उद्योग वाणिज्य संघ जिल्ला कार्यसमितिका वाणिज्य उपाध्यक्ष पृथ्वी डाँगी लगायतले नवनिर्वाचित कार्यसमिति लाई कार्यकाल सफलताको शुभकामना दिएका थिए ।
संघका सचिव वीरेन्द्र अधिकारीले सञ्चालन गरेको कार्यक्रममा सहभागीहरुलाई उपाध्यक्ष अमल श्रेष्ठले शाब्दिक स्वागत गरेका थिए ।
Comments