Sajhamanch Archive

मेचीनगर गोल्डकपः एनपीसी सेमीफाइनलमा

Published: in खेलकुद, मुख्य समाचार by .

मेचीनगर । मेची नेत्रालय मेचीनगर गोल्डकपको सोमबार भएको खेलमा पाहुना टोली भुटानको पारो एफसीलाई ३–० को अन्तरले हराउँदै नेपाल पुलिस क्लब सेमीफाइनलमा प्रवेश गरेको छ । सेमीफाइनलमा पुलिसले संकटा क्लबको सामना गर्नेछ ।

पहिलो हाफको अन्त्यतिर कप्तान भरत शाहको गोल मार्फत पुलिसले अग्रता लिएको थियो । तेज तामाङको फ्री किकलाई मानबहादुर परियारले मिलाइदिएको पासलाई कन्ट्रोल गर्दै शाहले गरेको प्रहारले जाली चुमेको थियो ।

५६औं मिनेटमा सुमन लामाको पासमा रबि पासवानले गोल गर्दै अग्रता दोब्बर बनाए । त्यसको दुई मिनेट बित्न नपाउँदै पासवानले टीमको लागि अर्काे गोल गरेपछि पुलिसको जित सुनिश्चित भएको थियो ।

१८औं मिनेटमा भरत शाहको प्रहार भुटानका गोलरक्षक शेरब ग्याल्सेनले बचाए । ३०औं मिनेटमा निरकुमार राईको प्रहार पोष्ट नजिकैबाट बाहिरियो । ३७औ मिनेटमा आशिष गुरुङको हेडर बारमा लागेर फर्कियो ।

३३औ मिनेटमा भुटानका करण राईको प्रहार पुलिसका गोलरक्षक शत्रुघन चौधरीले बचाए । ४६औ मिनेटमा दिवस सुब्बाको कडा प्रहार गोलरक्षक चौधरीले पञ्च गरेर फर्काए । ४९औ मिनेटमा भुटानका सेड्रिक अबाले गोल गर्ने अवसर खेर फाले ।

आजको म्यान अफ दि म्याच बिजेता टीम नेपाल पुलिस क्लबका रबि पासवान भए । उनले नगद ११ हजार रुपैंयाँ पुरस्कार पाए ।
मंगलबारको खेल रुस्लान थ्रि स्टार क्लब काठमाडौ र इलामको माइभ्याली क्लबबीच हुने आयोजक समितिका उपाध्यक्ष नवराज ओलीले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *