अर्जुनधाराको कप्तानवाडीमा मेचे समुदायको बैशागु गरियो
Published:
by .अर्जुनधारा । अर्जुनधारा ६ कप्तानवाडीमा आदिवासी मेचे समुदायले श्री ग्राम शिवा पूजा तथा बैशागु कार्यक्रम सम्पन्न गरेका छन् । प्रत्येक वर्ष सो समुदायले मनाउने परम्परा अनुसार श्री ग्राम शिवा पूजा तथा बैशागु कार्यक्रम सम्पन्न गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथी रहेका वडाअध्यक्ष लोकनाथ गौतमले ग्राम थान मात्रमा सिमित नभई मेचे समुदायले पुराण लगाएर त्यसको आस्था र महत्व थप उजागर गर्नुपर्ने सुझाव दिए । सयौँ वर्षदेखि पहिचान देखाउने मेचे समुदायको भाषा र संस्कारलाई सँगै जोडेर जानुपर्ने वडाअध्यक्ष गौतमको धारणा रहेको थियो ।
नगरसभा सदस्य तथा मेचे समुदायका अगुवा अर्जुन मेचले मेचे समुदायको भाषा र संस्कृति लोभ हुदै गएकोमा जोड दिएका थिए । त्यसका लागि समुदायको भाषा र संस्कार बचाउन स्कुल स्तर या समुदाय स्तरसम्म वडा र नगरले सहयोग गर्नुपर्ने बताए । कार्यक्रमलाई सम्बोधन गर्दै युवा नेता प्रत्युस आजात रानाले नेपालमा रहेका जातिय भाषा, लिपी र संस्कृति सबैले संरक्षण, सवद्र्धन र प्रवर्धन गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा मेचे समुदायले बैशाखु नृत्य समेत प्रस्तुत गरेका थिए ।
विमल मेचेले संचालन गरेको कार्यक्रममा मेचे समुदायका अध्यक्ष ( गाउँ बुढा ) सन्तोष कुमार मेचेको अध्यक्षता रहेको थियो । सो कार्यक्रममा नगरसभा सदस्य टुम्मानाथ काफ्ले, लक्ष्मी महतरा लगायतले शुभकामना मन्तव्य राखेँका थिए ।
Comments