Sajhamanch Archive

प्रधानमन्त्रीको गृह जिल्लामा कांग्रेस नेता केसीको कटाक्ष

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by .

बिर्तामोड । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले वर्तमान सरकारले अपराधीलाई संरक्षण गरिरहेको आरोप लगाएका छन् । उनले मुलुकमा हत्या हिंसाका घटनाहरु दैनिक बढिरहे पनि मौन बस्नुले सरकार अपराधीको पक्षपाती भएको बताए ।

आज बिहीबार नेपाल प्रेस युनियन झापा शाखाले बिर्तामोडमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रीय सदस्य केसीले सरकार संरक्षक भएकै कारण मुलुकमा भ्रष्टाचार, भूमाफिया र अपराधीले आफ्ना गतिविधिहरु खुलेआम गरिरहेको बताए । उनले देशैभरको सरकारी जमिन भूमाफियाहरुले खुलेआम खरिद बिक्री गर्दासम्म सरकार मौन बस्नु ती घटनाहरुमा सरकार नै संरक्षक भएको स्पष्ट भएको आरोप लगाए ।

‘सुन काण्ड, वाइडबडी घोटला, बालुवाटारको सरकारी जमिन कब्जा, निर्मला हत्याजस्ता दर्जनौं घटना भइसक्दासम्म सरकार किन चुप छ ? किन कारबाहीतर्फ सरकार अघि बढ्दैन ?’ केसीले आफैं उत्तर दिँदै भने, ‘किन भने सरकार आफैंले भ्रष्टाचारी, भूमाफिया र अपराधीलाई संरक्षण दिइरहेको छ ।’

सरकार आफैंले अघि सारेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन गराउन नसक्नु लज्जास्पद भएको कांग्रेस नेता केसीको टिप्पणी छ ।

उनले प्रधानमन्त्रीकै गृहजिल्लाका चिया श्रमिक एक महिनासम्म सडक आन्दोलनमा हुँदासम्म सरकारले ऐन कार्यान्वयन गर्न नसक्नु सरकारको लाचारीपन भएको केसीको जिकिर थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *