Sajhamanch Archive

विश्व प्रेस स्वतन्त्रता दिवसमा प्रभातफेरी र अन्तरक्रिया (भिडियोसहित)

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by .

मेचीनगर । आज मे ३ तारिक, विश्वभर प्रेस स्वतन्त्रता दिवस विविध कार्यक्रमका साथ मनाइएको छ । ‘लोकतन्त्र र शान्तिका लागि मिडियाः इन्टरनेटको युगमा पत्रकारिता र निर्वाचन’ भन्ने मुख्यः नारासहित विश्वभर यो दिवस मनाएको हो ।

झापामा पनि नेपाल पत्रकार महासंघको शाखाले प्रभातफेरीसहित कोणसभाको आयोजना गरेको थियो । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष तथा खोज पत्रकारिता केन्द्रका सम्पादक शिव गाउँलेको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो ।

सो अवसरमा पूर्व अध्यक्ष गाउँलेले पत्रकारले सत्ता र शक्तिमा भएकालाई बलियो गरी प्रश्न सोध्न सक्नुपर्ने आवश्यकता औंल्याए । पत्रकारले निष्ठापूर्ण पत्रकारिता गर्न, सत्ता र शक्तिमा भएकालाई बलियो प्रश्न गर्न सक्नु नै प्रेस स्वतन्त्रताको मर्म भएको गाउँलेको भनाई थियो ।

इन्टरनेटको युगमा अल्छे पत्रकारको दिन सकिएको भन्दै उनले पत्रकारलाई गोरेटो बदल्न आग्रह समेत गरे । कुम जोडिएकालाई प्रश्न गर्न नसक्ने र युग सुहाउँदो पत्रकारिता नगर्ने ब्यक्ति अब पत्रकार नरहने पनि बताए ।

प्रभातफेरीपछिको कोणसभामा नागरिक अगुवा रामचन्द्र उप्रेती, अग्रज पत्रकार चन्द्र भण्डारी, मेचीनगर ६ का वडाध्यक्ष ललित तामाङ र पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटा, नारी सञ्चार गृहका अध्यक्ष अम्बिका भण्डारीले आ–आफ्ना धारणा राखेका थिए ।

तीन दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

विश्व प्रेस स्वतन्त्रता दिवस मे ३ को अवसरमा नारी सञ्चार गृह झापाले मेचीनगर नगरपालिकाको सहयोगमा आयेजना गरेको तीन दिने अन्तरक्रिया तथा पत्रकारिता तालिम आज सम्पन्न भएको छ ।

आज तेस्रो दिन ‘प्रेस स्वतन्त्र र सरकार’ विषयक अन्तरक्रिया गरिएको हो । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष शिव गाउँलेको सहजीकरणमा झापाली सञ्चारकर्मीबीच अन्तरक्रिया गरिएको हो । नेपालीको पत्रकारिताको विगत, वर्तमान र भविष्यका बारेमा अन्तरक्रिया भएको थियो ।

कार्यक्रममा पत्रकारिताका चुनौती, गोपनियताको हकलगायतका बारेमा अन्तरक्रिया भएको थियो । पछिल्लो समय खोतल्ने र लुकाउने बीचको कुस्ता कुस्तीका रुपमा पत्रकारितालाई हेरिने गरेको गाउँको भनाई छ । न्यायालय धरापमा परे पत्रकारिता सकटमा पर्ने उनको भनाई छ । पत्रकारिता पेशामा कोसँग कति कुम जोड्ने त्यसमा विचार गर्न पनि गाउँलेको सुझाव छ ।

आयोजक संस्थाका अध्यक्ष अम्बिका भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष भीमा शिवाकोटीले स्वागत तथा सचिव रेजिना रोदनले सञ्चालन गरेकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *