Sajhamanch Archive

झापाका चिया मजदूर आज दिउँसो सडकमै सुते (भिडियोसहित)

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज, by .

बिर्तामोड । झापाको बिर्तामोडमा चिया मजदूरहरुले सडकमा सुतेर आन्दोलन गरेका छन् ।

सरकारले तोकेको न्यूनतम तलब साथै श्रम ऐन २०७४ र सामाजिक सुरक्षा ऐन २०७४ कार्यान्वयन नगरिएको भन्दै मजदूरहरु ३८औँ दिनदेखि आन्दोलित छन् ।

झापाका विभिन्न चिया बगानमा काम गर्ने सयौंको सङ्ख्यामा आएका मजदुरहरुले विभिन्न नारासहित मुक्ति चोक परिक्रमा पनि गरेका थिए । गत चैत १६ गतेदेखि बगान र फ्याक्ट्रीको काम छाडेर सडक आन्दोलनमा होमिएका चिया श्रमिकले आज मुक्तिचोकमा सुतेर राज्यको ध्यानाकर्षण गराएका हुन् ।

मजदूरहरुले पूर्व पश्चिम राजमार्ग अन्तरगत बिर्तामोडको मुक्तिचोकमा सुतेर धर्ना बस्दा १ घण्टा ३० मिनेट सडक अवरुद्ध गरेका छन् । धर्ना र विरोध सभालाई सम्बोधन गर्दै नेपाल चिया बगान श्रमिक संघका राष्ट्रिय अध्यक्ष दिपक तामाङले आफ्ना माग पूरा नभएसम्म आफूहरु जस्तोसुकै आन्दोलन गर्न तयार भएको चेतावनी दए ।

त्यसैगरी अखिल चिया मजदूर संघका अध्यक्ष सिता सापकोटाले आफ्ना माग पूरा गराउन चिया श्रमिकहरु जस्तोसुकै आन्दोलनमा होमिन तयार रहेको बताइन् ।

थप विवरण यो भिडियोमार्फत् ……………….

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *