बाहुनडाँगी जेसीजद्वारा विद्यार्थीलाई लागुऔषध सचेतना
Published:
by .मेचीनगर । बाहुनडाँगी जेसीज वर्ष २०१९ को सचिवालयले ८ दिने तालिम कार्यक्रम अन्तर्गत बुधबार विद्यार्थीहरुका लागि ‘ट्राफिक सचेतना, अपराध तथा लागू औषध दुव्र्यसनी न्यूनीकरण’ सम्बन्धी सचेतनामुलक कार्यक्रम गरेको छ ।
मेचीनगर नगरपालिकाको आर्थिक सहयोगमा १८ गतेबाट शुरु भएको तालिम अन्तर्गत तेस्रो दिन इलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्राविधिक सहयोगमा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम मेची जनसाधारण मावि मेचीनगर २ मा सम्पन्न भएको हो ।
साबिकको बाहुण्डाँगी स्रोत केन्द्रका सामुदायिक र निजी विद्यालय अन्तर्गत आधारभूत र मावि तहका ७० जना विद्यार्थीहरुको सहभागितामा सचेतना कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको सहजीकरण अपराध सम्बन्धी प्रहरी निरीक्षक सुलिन धुँजु, लागु औषध सम्बन्धी प्रहरी नावय निरीक्षक किशोर श्रेष्ठ र प्रहरी सहायक निरीक्षक लेखराम बस्नेत तथा ट्राफिक नियम सम्बन्धी प्रहरी नायव निरीक्षक कालिदास रेगमीले सहजीकरण गरेका थिए ।
बाहुनडाँगी जेसीज वर्ष २०१९ का अध्यक्ष कञ्चन उप्रेतीको अध्यक्षता तथा मेचीनगर १ का वडाध्यक्ष पासाङ तामाङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा शाखाका पूर्व अध्यक्ष बद्री निरौला, निवर्तमान अध्यक्ष जीवन मोते, मेची जनसाधारण माविका शिक्षक यामप्रसाद गुरागाई, सहभागी विद्यार्थी रोज बुढाथोकीले आफ्ना भनाई राखेका थिए ।
कार्यक्रम संयोजक हेमन्त मोक्तानले स्वागत गरेको कार्यक्रममा आस्थापाठ रजत भण्डारीले र सञ्चालन महासचिव देबु बानियाँले गरेका थिए ।
Comments