Sajhamanch Archive

छुवाछुत अन्त्य अभियन्ता महाकालीबाट हिडेर झापा आइपुगे

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by .

झापा । ‘महाकाली–मेची नेपाल पदयात्रा २०१९’ का तीनजना अभियन्ता गएराति झापा आइपुगेका छन् । महाकालीको चाँदनी दोधाराबाट चैत ३ गते शुरु गरेको पदयात्रा ५३ दिन पछि बुधबार राति बिर्तामोड आइपुगेका हुन् ।

भेदभाव र छुवाछुतको अन्त्यका लागि सचेतना फैलाउँदै महाकालीबाट पैदल यात्रामा निस्किएका तीनजना अभियन्ताहरु समाजशास्त्री हेमराज आचार्य, समाजिक अभियन्ता रिता परियार र पत्रकार अशोक दर्नाललाई आज बिर्तामोडमा स्वागत सम्मान गरिएको छ ।

उनीहरुलाई बिर्ताामोडमा दलित अधिकारको क्षेत्रमा क्रियाशिल अभियन्ताले गएराति स्वागत गरेका थिए भने आज बिहान बिर्तामोड नगरपालिकाको आयोजनामा सामाजिक क्षेत्रका व्यक्तित्वहरुको उपस्थितिमा स्वागत सम्मान गरिएको छ ।

बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतरा प्रसाईको अध्यक्षता तथा प्रदेशसभाका सदस्य जसमाया गजमेरको प्रमुख आतिथ्यमा जातीय विभेद विरुद्ध सचेतना फैलाउँदै झापा आइपुगेका अभियन्ताको सम्मान गरिएको हो ।

सो अवसरमा आफ्ना भनाई राख्तै अशोक दर्नालले विभेद अन्त्यका लागि राष्ट्रिय सन्देश दिन महाकाली–मेची पदयात्रामा निस्किएका आफूहरुले अड्कलबाजीको साटो वास्तविकता खोज्दै हिंडेको जानकारी दिए । ऐन कानून बनेर पनि ७९ वर्षदेखि छुवाछुत र जातीय विभेदमा परिरहेको दलित समुदायका मान्छेले २०७५ मा मात्र सोही आरोपमा ७ जनाको हत्या भएको उनले सुनाए ।

बितेको ५३ दिनको पदयात्रामा १०३ वटा पालिकाको व्यनरमा यस्तै कार्यक्रम सम्पन्न भएको सुनाउँदै दर्नालले ९७ वटा ग्रामीण परिवेशमा दलितमाथि हुने गरेका विभेदका बारेमा अध्ययन गर्न सकिएको जानकारी दिए ।

दलित समुदायमाथि विभिन्न बहानामा भेदभाव र छुवाछुत छ भनी त्यही समुदायले भनिरहँदा वास्तविकता के रहेछ भनी आफैं अनुभव गर्न पदयात्रामा निस्किएको समाजशास्त्री होमराज आचार्यले बताए । नेपालको इमेज विदेशमा खराब बन्नुमा यहाँ व्याप्त छुवाछुत नै रहेकाले यसैको सुक्ष्म अध्ययनका लागि आफू पनि पदयात्रामा निस्किएको उनको भनाई छ ।

दलित नेता छविलाल विश्वकर्माले सञ्चालन गरेको स्वागत तथा सम्मान कार्यक्रममा नगर उपप्रमुख महतरा, सांसद गजमेर, जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल, अनारमनी प्रहरी प्रमुख डिएसपी सुवास खड्का, व्यवसायी बलराम कार्की र वडाध्यक्ष राजेन्द्रप्रसाद लिङ्गदेनले आफ्ना भनाई राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *