Sajhamanch Archive

झापामा दशनामीले सम्झिए शंकराचार्य

Published: in राष्ट्रिय समाचार, समाज by .

बिर्तामोड । नेपाल दशनामी समाज केन्द्र, प्रदेश, जिल्ला र नगर समितिले जगतगुरु शंकराचार्यको १२३०औं जन्मजयन्ती सामुहिकरुपमा मनाएका छन् ।  समाजको झापा जिल्ला समितिको आयोजना तथा बिर्तामोड नगर समितिको संयोजनमा बिहीबार बिर्तामोडमा शंकराचार्यको जन्मजयन्ती मनाइएको हो ।

समाजका झापा वरिष्ठ उपाध्यक्ष एलवी गिरीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय संरक्षक भरतलाल गिरीको प्रमुख आतिथ्य रहेको थियो । शंकराचार्यको जन्मजयन्तीमा समाजका केन्द्र, प्रदेश नं. १, झापा, बिर्तामोड नगर, कनकाई नगरलगायतका विभिन्न समिति तथा दशनामी बन्धुहरुले शंकराचार्यको तस्वीरमा फूलमाला, अविर र गुच्छाले माल्यार्पण गरेर जन्मजयन्ती मनाएका हुन् ।

कार्यक्रममा प्रदेश १ का अध्यक्ष चन्द्रप्रसाद गिरीले शंकराचार्यका बारेमा जानकारी गराउँदै कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । अनुसन्धानहरुबाट शंकराचार्यको जन्म वि.सं. ७४३ वैशाख शुक्ल तृतीयाको मध्यान्ह भएको तथ्य रहेको उनले बताए ।  आचार्य शंकरको नामबाट २२ वटा भाष्य ग्रन्थ, ५४ वटा उपदेश र प्रकरण ग्रन्थ तथा ७५ वटा स्तोत्रहरू छन् । शारीरक भाष्य भने सर्वाधिक महत्वपूर्ण कृति हो । श्रीमदभगवद् गीताको शंकर भाष्य आजसम्मकै गीता ग्रन्थको व्याख्याका लागि आधार मानिन्छ ।

कार्यक्रमको सञ्चालन समाजका बिर्तामोड नगर सचिव उद्धव पुरीले गरेका थिए ।

कार्यक्रममा समाजका प्रदेश १ सहसचिव पदमबहादुर पुरी, ‘प्रकाश’, झापा महिला अध्यक्ष पार्वता गिरी, क्षेत्र नं. २ का अध्यक्ष सूर्यप्रसाद गिरी, बिर्तामोड नगर अध्यक्ष अर्जुन गिरी, कनकाई नगर अध्यक्ष नारद गिरी, झापा सचिव कुलबहादुर गिरी, जिल्ला सदस्य तारानाथ गिरी, जीतवहादुर बन, नरबहादुर वन, पूर्व बिर्तामोड नगर अध्यक्ष शंकर गिरी, पूर्व जिल्ला सदस्य तेजबहादुर गिरीलगायतको उपस्थिति रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *