Sajhamanch Archive

अर्जुनधारा नगरपालिकालाई बस्नेतले ४ कठ्ठा जग्गा दिए

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह by .

अर्जुनधारा । अर्जुनधारा नगरपालिका वडा नं. ४ को कार्यालय भवन निर्माणका लागि २४ लाख मूल्य बराबरको ४ कट्ठा जग्गा जमिन निःशुल्क प्राप्त भएको छ ।

वडा कार्यालय भवन निर्माणका लागि बिर्तामोड १ निवासी लक्ष्मण बस्नेतले चलनचल्तीमा २४ लाख रुपैयाँ पर्ने ४ कट्ठा जमिन प्रदान गरेका वडाध्यक्ष दुर्गाप्रसाद दाहालले जानकारी दिए ।

वडा नं. ४ स्थित हुमागाई टोलमा किता नं. ४४७ को २ बिगाहा १६ कठ्ठा जमिनमध्ये ४ कठ्ठा जमिन बस्नेतले वडा कार्यालय भवन निर्माणका लागि नगरपालिकालाई दिएका हुन् ।

जनताको सेवा प्रदान गर्न सहज होस् भनेर वडा कार्यालयका नाममा नामसारी गरिदिएको प्रमाणपत्र नगर प्रतिनिधि खगेन्द्र लिङ्देनलाई बुझाएको दाता राम बस्नेतले जानकारी दिए ।

वडा कार्यालय हाल भाडाको घरमा सञ्चालन गरिएको छ । जग्गा दाता बस्नेत देउमाई नगरपालिका १ डम्बर देवी माविमा शिक्षक भई सेवा निवृत्त भएपछि पछिल्लो दिनमा सामाजिक क्षेत्रमा क्रियाशिल रहँदै आएका छन् । उनी खप्तडी बस्नेत सेवा समाजका अध्यक्ष हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *