Sajhamanch Archive

काली मन्दिर जिर्णोद्धारमा जुट्दै चन्द्रगढीबासी

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

भद्रपुर । भद्रपुर १० स्थित चन्द्रगढी बजारमा रहेको काली मन्दिरको पुनःनिर्माणका लागि सरोकारवालासित छलफल गरिएको छ । काली मन्दिर पुनःनिर्माण समितिको आयोजनामा जनप्रतिनिधि, समाजका अगुवा वुद्धिजीवि, दाता तथा समाजसेवीसँग मन्दिर व्यवस्थापन समितिले छलफल गरेको हो ।

वि सं २०२२ मा चन्द्रगढी ७ का वडाध्यक्ष बमसिंह राजवंशीको पहलमा पूजाआजा सुरु गरी समाजलाई हस्तान्तरण गरिएको सो मन्दिर जीर्ण बन्दै गएपछि मन्दिर व्यवस्थापन समितिले निर्माण समिति गठन गरी आवश्यक रकम जोहोका लागि जिम्मेवारी दिएपछि निर्माण समिति मन्दिर निर्माणका लागि स्थानीय सरोकारवालासित गएको हो ।

मन्दिर पुनःनिर्माण समितिका अध्यक्ष भीम पौडेलको अध्यक्षता तथा भद्रपुर १० का वडाध्यक्ष टेकबहादुर खड्का काजीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा भद्रपुर ७ का अध्यक्ष विनोदप्रसाद पोखरेल, ८ का अध्यक्ष गौरव सुब्बा मनोज, ९ का अध्यक्ष शनिलाल राजवंशीलगायतले आफ्ना धारणा राख्दै मन्दिर समाजको साझा सम्पत्ती भएकाले संरक्षणमा सबै मिलेर पुनःनिर्माणमा लाग्नु पर्ने बताए ।

समितिका सदस्य धनप्रसाद शिवाकोटीले स्वागत गरेको कार्यक्रममा समितिका उपाध्यक्ष मोहन कुमाईंले कार्यपत्र प्रस्तुत गर्दै मन्दिर सञ्चालनको विगत वर्तमान तथा भावी योजना प्रष्ट्याएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *