Sajhamanch Archive

राउत बन्धु समाज झापामा नयाँ नेतृत्व

Published: in समाज by .

हल्दिबारी । राउत बन्धु समाज झापाको अध्यक्षमा शुरवीर राउत सर्वसम्मत चयन भएका छन् ।

४ वर्षे कार्यकालका लागि गठित समाजको उपाध्यक्षमा देवेन्द्र राउत, सचिव महेशकुमार राउत, सहसचिव गोपाल राउत र कोषाध्यक्ष कमला राउत सर्वसम्मत चयन भएका हुन् ।

२१ सदस्यीय समितिको सदस्यहरूमा दीपबहादुर राउत, सुरेश राउत, मञ्जु राउत, दिपक राउत, लोकेन्द्र राउत, रामबहादुर राउत लगायत रहेका छन् ।

समाजका सल्लाहकारहरुमा चेतबहादुर राउत, चन्द्रबहादुर राउत, अमीर राउत लगायत चयन भएका छन् ।

झापाको हल्दिवारी २ मा सम्पन्न जिल्ला सम्मेलनमा झापा जिल्लाभरिका १५ वटै स्थानीय तहबाट प्रतिनिधित्व भएको जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *