सूर्योदय टिभीले मनायो चौथो वार्षिकोत्सव
Published:
by .बिर्तामोड । झापाको बिर्तामोडबाट प्रसारण भइरहेको सूर्योदय टेलिभिजनले मंगलबार साँझ आफ्नो चौथो वार्षिकोत्सव मनाएको छ ।
सो कार्यक्रममा सूर्योदय टिभी एण्ड मिडिया प्रालि अध्यक्ष मनोज उप्रेतीले टेलिभिजनको ३ वर्षको सञ्चालन अवधि सञ्चार क्षेत्रमा सिकार्ई र विकासको चरण भए पनि उपलव्धीमुलक रहेको धारणा राखे । पूर्वी नेपालको गहनाकोरुपमा स्थापित सूर्योदय टेलिभिजनले आफ्नो शाख स्थापित गरिसकेको बताउँदै अध्यक्ष उप्रेतीले मुलुकका सबै जिल्लामा टेलिभिजनको प्रसारण विस्तार गर्न पहल भइरहेको जानकारी दिए ।
आगामी दिनमा मनोरञ्जनात्मक तथा सूचनामुलक कार्यक्रमहरु थप गरेर प्रसारणलाई सबैको प्रिय बनाउन व्यवस्थापन समिति लागिपरेको सुनाउँदै अध्यक्ष उप्रेतीले प्रविधिले फड्को मारिरहेको वर्तमान अवस्थामा सूर्योदय टेलिभिजन अब चाँडै एचडी प्रविधिमा रुपान्तरण गरिने पनि जानकारी दिए ।
२०७३ साल वैशाख १ गतेबाट परिक्षण प्रसारण शुरु गरेको सूर्योदय टेलिभिजनले २०७३ साउन १ गतेबाट नियमित प्रसारण थालेको हो । टेलिभिजनले हाल करिब १६ वटा विभिन्न प्रकारका कार्यक्रम र दैनिक नौ पटक समाचार प्रसारण गर्दै आएको छ ।
वार्षिकोत्सव कार्यक्रममा टेलिभिजनका प्रवन्ध निर्देशक विष्णु मैनाली उप्रेतीले शाब्दिक स्वागत गर्दै टेलिभिजनले स्थापनाको ३ वर्षमा केही सकारात्मक छाप छाठ्न सफल भएको सुनाइन् ।
कर्पोरेट डाईरेक्टर याम बिमलीले संस्थाको हालसम्मको प्रगतिका बारेमा समीक्षासहितको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा वरिष्ठ कार्यक्रम प्रस्तोता टिकाराम नेती नेपाल, कार्यक्रम प्रमुख देवी गौतम र कार्यक्रम उत्पादन प्रमुख दिपेन भेटुवालले हाल भइरहेको कामको अवस्था, शैली र प्रगतिका बारेमा अवगत गराएका थिए ।
यस्तै, समाचार संयोजक रमेश तिवारी, भिडियो सम्पादन प्रमुख नवराज न्यौपाने र प्रविधिका बारेमा स्पेशलिङ केवल टेलिभिजनका प्राविधिक प्रमुख नवराज उप्रेतीले आ–आफ्ना भनाई तथा सुझाव प्रस्तुत गरेका थिए ।
सो समारोहमा कार्यक्रम साझा सहकारी मञ्चका उत्पादक एवम् प्रस्तोता गोपाल काफ्ले र टेलिभिजन सञ्चालक समितिका सदस्य युवराज दाहालले टेलिभिजनको उन्नयनका लागि अपनाउन सकिने विधि र नीतिका बारेमा सुझाव राखेका थिए ।
वार्षिकोत्सवको अवसरमा टेलिभिजनका पूर्व कर्मचारीहरु विष्णु श्रेष्ठ र रीता सापकोटालाई सम्मान तथा विदाई गरियो ।
Comments