Sajhamanch Archive

खानेपानी आयोजनामा अभिमुखीकरण कार्यक्रम सम्पन्न

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

मेचीनगर । वासमिप २ परियोजना अन्तर्गतका खानेपानी प्रणालीहरुको दुई दिने अवलोकन तथा अभिमुखीकरण कार्यक्रम आइतबार सम्पन्न भएको छ ।

झापा, मोरङ तथा नवलपरासी जिल्लाका २४ वटा खानेपानी उपभोक्ता समितिका पदाधिकारी र कर्मचारीहरुको सहभागितामा झापाको धुलाबारीमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो । खानेपानी आपूर्ति व्यवस्थापनको हालको समस्या, चुनौति र समाधानका उपायका बारेमा छलफल र अन्तरक्रिया गरिएको छ ।

अभिमुखीकरण कार्यक्रममा खानेपानी आपूर्ति संरचनाहरुको सञ्चालन तथा मर्मत सम्भार, अभिलेख कार्य, पानीको गुणस्तर परीक्षण र नतिजाको संप्रेषण विधि अवलोकन तथा धुलाबारी खानेपानी उपभोक्ता समितिको आयोजनाका राम्रा पक्षहरुको अवलोकन गराउने उद्देश्ययसहित कार्यक्रमको आयोजना गरिएको थियो ।

राष्ट्रिय खानेपानी तथा सरसफाई प्रशिक्षण केन्द्र नगरकोट भक्तपुरले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय खानेपानी तथा सरसफाई प्रशिक्षण केन्द्रले वासमिप २ र हालको गतिविधिका बारेमा अवगत गराएको थियो ।

अन्तरक्रियामा खानेपानी तथा सरसफाई विस्तार, प्रणाली वर्गीकरण तथा प्रणाली अनुरुपण एवम् सरोकारवालाहरुको दायित्व र जिम्मेवारी, उपभोक्ता समितिहरुमा सुशासन नीतिगत तथा आर्थिक पक्ष, लागत साझेदारी, लागत उठ्ती तथा महसुल निर्धारणको माध्यमबाट माग सिर्जना एवम् नियन्त्रणको सन्दर्भलगायतका विषयमा छलफल गरिएको थियो ।

धुलावारी खानेपानी संस्थाका अध्यक्ष अजयकुमार घिमिरेले आफ्नो संस्थाको खानेपानी प्रणालीको परिचयात्मक प्रस्तुति दिएका थिए । कार्यक्रममा सहभागीहले पानी प्रशोधन प्रणाली र उपभोक्ता समितिको कार्यालय परिसर अवलोकन गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *