स्कूल ट्यालेन्ट हन्ट तेश्रो सिजनको तयारी गरिँदै
Published:
by .झापा । पी एण्ड वी इभेन्ट्सले तीन वर्षअघिदेखि थालेको रमपम स्कूल ट्यालेन्ट हन्टको तेश्रो संस्करणका लागि जेठ अन्तिमबाट अडिसन सुरु हुने भएको छ ।
बालबालिकाहरुमा भएको अतुलनीय क्षमतालाई उजागर गर्न उत्कृष्ट मञ्च प्रदान गर्ने उद्देश्यले स्कूल ट्यालेन्ट हन्टको आयोजना गरिँदै आएको छ । प्रदेश १ का झापा, मोरङ तथा इलामका १५० विद्यालयलाई लक्षित गरी सुरु गरिएको ट्यालेन्ट शोमा नृत्य, गायन तथा मोडलिङ विधालाई समावेश गरिएको कार्यक्रम निर्देशक भक्त श्रेष्ठले जानकारी दिएका छन् ।
पहिलो चरणमा विद्यालय स्तरबाटै प्रतिभा छनौट गरिने भएकाले जेठ महिनाको अन्तिम सातादेखि झापा तथा मोरङका नीजि एवम् सामुदायिक विद्यालयहरुमा निःशुल्क अडिसन गराइने कार्यक्रम निर्देशक श्रेष्ठको भनाई छ ।
विगत दुई सिजनमा कार्यक्रले राम्रो प्रभाव परेको तथा बालबालिकाहरुको प्रतिभालाई उजागर गर्दै उनीहरुको मनोबलमा वृद्धि गराउन इभेन्ट फलदायी रहेको विश्वासका साथ पुनः तेश्रो संस्करण सुरु गरिएको जनाइएको छ ।
स्कूल ट्यालेन्ट हन्टको विजेताले नगद ५० हजार रुपैयाँ, एक वर्षे छात्रवृति तथा रमपम तयारी चाउचाउको ब्राण्ड एम्बासेडर लगायतका पुरस्कार पाउने कार्यक्रमका निर्देशक श्रेष्ठले बताएका छन् ।
Comments