सडक चेतना जगाउँदै मिस एसईईका प्रतियोगी
Published:
by .बिर्तामोड । इकोम मिस एसईई प्रदेश १ का सहभागीहरुलाई सडक सुरक्षा सम्बन्धी तालिम दिइएको छ । ड्रिम्स वल्र्ड इन्टरटेन्मेन्टको आयोजनामा भइरहेको इकोम मिस एसईई प्रतियोगितामा ३४ जनाको सहभागिता छ ।
आगामी जेष्ठ २० गते ग्राण्ड फिनाले गरिने इकोम मिस एसईई प्रतियागिताका सहभागीहरुलाई विषयगत विज्ञहरुबाट सामाजिक, सांस्कृतिक, शैक्षिक, स्वास्थ्यलगायतका विषयमा प्रयोगात्मक अभ्याससहित प्रशिक्षण दिइँदै आएको छ ।
सोहीक्रममा आज जिल्ला ट्राफ्रिक प्रहरी कार्यालय झापाका प्रहरी नायब निरीक्षक नारायण आचार्य नेतृत्वको ट्राफ्रिक प्रहरी टोलीले सडक दूर्घटनाको कारण, सडक सुरक्षा, ट्राफिक नियम तथा चिन्हको बारेमा जानकारी गराएका हुन् ।
मिस एसईईका सहाभागीले बिर्तामोडको मुक्तिचौकमा ट्राफिक प्रहरीको सहकार्यमा सर्वसाधारणलाई ट्राफिक सचेतनासमेत प्रदान गरेका ड्रिम्स वल्र्ड इन्टरटेन्मेन्टका प्रबन्ध निर्देशक प्रणित पुडासैनीले जानकारी दिएका छन् ।
Comments