झापामा महिला चेम्बर गठनको शिलशिला जारी
Published:
by .बिर्तामोड । नेपाल महिला चेम्बर अफ कमर्श बिर्तामोड नगर समितिको आज गठन गरिएको छ ।
झापा क्षेत्र नं. २ (क)का प्रदेशसभा सदस्य एकराज कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमले सर्वसहमतिमा संगीता चिमरियालाई अध्यक्षको जिम्मेवारी दिइएको छ । यस्तै समितिको वरिष्ठ उपाध्यक्षमा रिमा भट्टराई, उद्योग उपाध्यक्षमा यमुना कोइराला, वाणिज्य उपाध्यक्षमा इन्दिरा उप्रतीलाई चयन गरेको छ ।
यसरी नै महासचिवमा समिता उप्रेती, कोषाध्यक्षमा सोनु अग्रवाल, उद्योग सचिवमा अनुजा अग्रवाल, वाणिज्य सचिवमा सीता दंगालले जिम्मेवारी पाएका छन् । त्यसैगरी सदस्यहरुमा मुना पौडेल, दुर्गा पौडेल, नरमाया पाठक उप्रती, कमला पाठक शिवाकोटी, इन्दिरा पनेरु, अप्सरा ओली, अम्विका पाठक, ललिता सुवेदी, लक्ष्मी शिवाकोटी, कञ्चन खतिवडालगायत चयन भएका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि कार्कीले ‘महिलाले गर्न खोजे कुनै पनि काम असम्भव नभएकाले महिला नेतृत्व अघि बढेर समाज परिर्वतन गर्न सकिनेमा दुईमत छैन’ भने ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका सदस्य उमेश डालमिया, चेम्बर अफ कमर्शका झापा जिल्ला अध्यक्ष सन्तोष अग्रवाल, उद्यमशील महिला झापाका अध्यक्ष पार्वता खरेल, एबिसि नेपाल झापाका अध्यक्ष कञ्चना ढकाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
नेपाल महिला चेम्बर अफ कमर्श झापाका अध्यक्ष प्रेमा भट्टराईले कार्यक्रमको अध्यक्षता गर्दै महिला चेम्बर बिर्तामोड नगर कमिटी गठनको औचित्य माथि प्रकाश पारेकी थिइन् । कार्यक्रमको सञ्चालन यसोदा प्रसाईले गरेकी थिइन् भने आमन्त्रितहरुलाई नेपाल महिला चेम्बर अफ कमर्श झापाका उद्योग उपाध्यक्ष निरु ओलीले मन्तव्य मार्फत स्वागत गरेकी थिइन् ।
Comments