झापा मानव अधिकार सञ्जालको नयाँ नेतृत्व चयन
Published:
by .बिर्तामोड । झापामा मानव अधिकार सञ्जाल गठन भएको छ । मानव अधिकारको क्षेत्रमा क्रियाशिल नागरिक अगुवा रहेको सञ्जालमा विष्णु खरेल अध्यक्ष बनेका छन् ।
उनको नेतृत्वमा गठन भएको सञ्जालको सचिवमा रुपक खनाल र सहसचिवमा दिपक दास चयन भएका छन् ।
मानव अधिकार रक्षाको लागि संगठित रुपमा काम गर्ने उदेश्यले स्थापना गरिएको मानव अधिकार सञ्जालको सदस्यहरुमा रेखा अधिकारी, मिरा भट्टराई, लक्ष्मी निरौला, रणदेव हजाम, कुमार चुडाल, चन्द्र चुडाल, छविलाल विश्वकर्मा र कविता शर्मा रहेका छन् ।
सोमवार बिर्तामोडमा आयोजित दोस्रो अधिवेशनबाट मानव अधिकारको सुनिश्चितताको लागि नयाँ नेतृत्व चयन गरिएको सहसचिव दासले जानकारी दिएका छन् ।
Comments