बिर्तामोड नयाँबसपार्कमा स्वास्थ्य सूचना केन्द्रको स्थापना
Published:
by .झापा । अर्जुनधारा नगरपालिका वडा नं. ११ मा पर्ने बिर्तामोड नयाँबसपार्कमा स्वास्थ्य सूचना केन्द्रको उद्घाटन गरिएको छ । सो क्षेत्रको जनघनत्वलाई ध्यान दिँदै स्वास्थ्य सूचना केन्द्र स्थापना गरिएको हो ।
अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले आज उक्त सूचना केन्द्रको उद्घाटन गरेका हुन् । स्वास्थ्य केन्द्र उद्घाटन पछि आफ्नो मन्तब्यमा नगरप्रमुख रानाले आर्थिक वर्ष २०७६/०७७ जनघनत्वको आधारमा स्वास्थ्य केन्द्रको रुपान्तरण गर्न जरुरी रहेको बताए । बसपार्कबासीको इच्छा, चाहना भएमा नगरपालिकाले थप सहयोग गर्ने पनि उनले आश्वासन दिएका छन् ।
स्वास्थ्य केन्द्रले स्वास्थ्य सम्बन्धी सूचना संकलन गर्ने, बसपार्क क्षेत्रमा स्वास्थ्य सम्बन्धी वडाका आवश्यक सूचकहरुको लगत लिनसक्ने स्वास्थ्य संयोजक मुकुन्द बस्नेतले जानकारी दिए ।
त्यसमा परामर्श सेवा दिने, प्राथमिक उपचार, गाउँघर क्लिनिक, खोप सेवासहित सर्ने र नसर्ने रोगका विषयमा जनचेतना जगाउने लगायतको काम गर्नेसक्ने संयोजक बस्नेतले बताए । सूचना केन्द्रमा २ जना स्वयसेवक खटाइने व्यवस्था मिलाएको बस्नेतले जानकारी दिएका छन् ।
वडा नं. ११ अध्यक्ष भैरव खड्काको अध्यक्षतामा सम्पन्न सूचना केन्द्रको उद्घाटन कार्यक्रममा बिर्तामोड नगरपालिकाका नगरसभा सदस्य लक्ष्मी बाँस्कोटा, बसपार्क व्यवस्थापन समितिका उपाध्यक्ष धनराज योङहाङलगायतले मन्तव्य राखेका थिए ।
Comments