झापाको कमल गाउँपालिकामा १२७० बेरोजगार
Published:
by .कमल । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कमल गाउँपालिकामा एक हजार २०० भन्दा बढी आवेदन परेको छ । आवेदन दिएका मध्ये पहिलो चरणमा छनौट भएका ९९ जनालाई कम्तिमा ३० दिन रोजगारी दिने तयारी भएको गाउँपालिकाका रोजगार संयोजक भरतचन्द्र तिवारीले जानकारी दिएका छन् ।
दर्ता भएका निवेदन अन्तर्गत पहिलो चरणमा अदक्ष जनशक्तिलाई रोजगारी दिइने रोजगार संयोजक तिवारीले बताए । पहिलो चरणमा छनौट भएका अदक्ष कामदारलाई सडक निर्माण, स्वस्थ्य, शिक्षा, कृषि तथा सिंचाई, कुलो पैनी निर्माण, फलफूल बगैचा व्यवस्थापन, वन तथा जलाधार जस्ता क्षेत्रमा काम लगाइने संयोजक तिवारीले बताएका छन्
निर्देशिकामा उल्लेख भएअनुसार कामका लागि पारिश्रमिक निर्धारण भएकाले अदक्ष कामदारले दैनिक ५१७ रुपैयाँ पारिश्रमिक पाउनेछन् । कमल गाउँपालिकामा कामका लागि पारिश्रमिक भनेर आएको २२ लाख रुपैयाँमध्ये ७० प्रतिशत रकम अनिवार्य रुपमा यस्ता श्रमिकको पारिश्रमिकमा खर्चगर्नु पर्ने व्यवस्था रहेको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुन चाहने व्यक्तिले २०७६ साल वैशाख मसान्तसम्ममा आवेदन दिनुपर्ने थियो । जसअन्तर्गत ७ वटा वडामध्ये सबैभन्दा धेरै वडा नम्वर २ बाट ३०० र सबैभन्दा कम वडा नम्बर ५ बाट ७४ जनागरी एक हजार २७० जानको निवेदन दर्ता भएको थियो ।
Comments