दमक ८ मा सरसफाई सप्ताह गरिँदै
Published:
by .दमक । दमक नगरपालिका वडा नम्बर ८ ले महिलाको पाठेघरको क्यान्सर परीक्षणसहितको सरसफाई सप्ताहको तयारी पूरा भएको जनाएको छ ।
आयोजकले आज पत्रकार सम्मेलन गरेर जेठ १० गतेदेखि १६ गतेसम्म गरिने सरसफाई सप्ताहको तयारी पूरा भएको जनाएको हो । सरसफाई सप्ताह अभियानको तयारी, टोल विकास संस्थाको प्रमुख, प्रतिनिधिलाई पत्रचार, टोलबासी, वडाबासीलाई निमन्त्रण पत्र, स्वास्थ्य परीक्षणको लागि चिकित्सक र स्वास्थ्यकर्मीको टोली ब्यवस्थापन, टोल विकास संस्थालाई डस्विन वितरण गर्ने लगायतका तयारी भइसकेको जानकारी दिइएको हो ।
जेठ ११ गते दमक ८ को वडा कार्यालयमा हुने स्वास्थ्य शिविरमा महिलाको पाठेघरको क्यान्सरको परीक्षण क्याम्पमा सबै उमेरका महिलाले परीक्षण गराउन पाउने वडाध्यक्ष पशुपतिराज गौतमले बताएका छन् ।
सरसफाई सप्ताहले टोलबासीलाई आफ्नो टोल, चोक, बाटो सरसफाई गर्न तालिका बनाएर नै अभियान चलाउन प्रोत्साहन गर्ने स्वास्थ्य तथा वातावरण समिति अभियानका संयोजक प्रकाश अधिकारीले अपेक्षा सुनाए । सप्ताह अन्तर्गत ज्येष्ठ नागरिकहरुको मृगौला परीक्षण गरिने दमक ८ का वडा सचिव निधिनारायण ढुंगेलले जानकारी दिए ।
Comments