मेचीनगरमा वडाध्यक्ष कप अन्तर मावि खेलकुद प्रतियोगिता शुरु
Published:
by .मेचीनगर । दोस्रो वडाध्यक्ष कप अन्तर मावि खेलकुद प्रतियोगिता ब्हिीबारबाट झापाको मेचीनगर वडानम्बर ६ मा शुरु भएको छ । प्रतियोगिताको उद्घाटन मेचीनगर ६ नम्बर वडाका वडा सदस्य राजकुमार श्रेष्ठले गरेका हुन् ।
मेचीनगर नगरपालिका वडानम्बर ६ ले आयोजना गरेको प्रतियोगितामा फुटबल, क्रिकेट र कराते तीन विधाका खेललाई समेटिएको छ । काँकरभिट्टा माविको खेलमैदनमा फुटबल र कराते तथा तुर्केनी खेल मैदानमा क्रिकेट प्रतियोगिता सञ्चालन गरिएको छ ।
प्रतियोगितामा नगरभित्रका सामुदायिक र निजी विद्यालयले सहभागिता जनाएका छन् । कराते अन्तर्गत छात्रा तथा छात्रतर्फ २० देखि ५० केजी तौल समूहमा खेल सम्पन्न भएको छन् । २० केजी तौल समुहमा छात्रतर्फ शुभम ओझा, भूमिक खरेल पहिलो र दोस्रो भए भने अगनेश गुरुङ र सिदार कोइराला तेस्रो भए ।
यसैगरी, छात्रतर्फको २५ केजी तौल समुहमा मनिष राजवंशी, द्विवित्री ढकाल पहिलो र दोस्रो भए । सरोज बुढाथोकी र प्रनिष शेर्पा तेस्रो भए । छात्रातर्फको ३० केजी तौल समूहमा रेश्मी ओझा, सिता खरेल र अस्मिता दवाडी क्रमशः प्रथम, दोस्रो र तेस्रो भए । ३० केजी छात्रतर्फ रोहन श्रेष्ठ, गणेश राई प्रथम र दोस्रो भए भने सम्मान खड्का र प्रिन्स पोखरेल तेस्रो भए ।
क्रिकेटतर्फ छात्रा तथा छात्रतर्फको खेलमा नर्थ प्वाइन्ट अंग्रेजी मावि विजयी भएको छ । छात्रातर्फ १० र छात्रतर्फ ५ विकेटले नर्थ प्वाइन्टले तारापुञ्ज माविलाई पराजित गरेको हो ।
फुटबलतर्फ नर्थ प्वाइन्ट र तारापुञ्ज मावि सेमीफाइनल प्रवेश गरेका छन् । नर्थ प्वाइन्टले पशुपति माविलाई ४÷१ गोल अन्तरले पराजित गर्दै सेमीफाइनलको यात्रा तय गरेको हो । नर्थ प्वाइन्टका लागि खेलको म्यान अफ द म्याचसमेत घोषित सन्तोष मोतेले २३, ३६ र ३९औँ मिनेटमा ह्याट्रिक पूरा गरेका थिए । उनले ४१औँ मिनेटमा थप १ गोल गरेका थिए । पशुपतिका लागि अभय रसाइलीले खेलको १६औँ मिनेटमा एकमात्र सान्तवना गोल गरेका थिए ।
तारापुञ्ज माविले सूर्याेदय माविलाई ४ शून्य गोल अन्तरले पराजित गरी सेमीफाइनलको यात्रा सुरक्षित पार्यो । तारापुञ्जका लागि रोहन राईले १९ र ४१औ तथा सुमन बुढाथोकीले २५ र ३७औँ मिनेटमा २÷२ गोल गरेका थिए ।
फुटबल प्रतियोगितामा नगरभित्रका सातवटा विद्यालयले सहभागिता जनाएका छन् । जेठ १२ गते हुने प्रतियोगिताको विजेताले नगद १० हजार तथा उपविजेतले नगद ५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
Comments