Sajhamanch Archive

झापाका दुई कर्मचारी अख्तियारको नियन्त्रणमा

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by .

भद्रपुर । सीप विकास कार्यालय भद्रपुरबाट ३५ हजार घुस रकमसहित दुईजना कर्मचारी आज पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय इटहरीको टोलीले सेवाग्राहीबाट लिएको ३५ हजार घुस रकमसहित कार्यालय प्रमुख सुमेन्द्र मण्डल र नायब सुब्बा राजकुमार धिमाललाई कार्यकक्षबाटै पक्राउ गरेको हो ।

अख्तियारबाट खटिएका प्रहरी निरीक्षक राजन कार्कीको टोलीले कार्यालय प्रमुख मण्डल र नासु धिमालले विद्युत तालिम सञ्चालन वापत सेवाग्राहीबाट कमिशनस्वरूप लिएको ३५ हजार नगद कार्यकक्षमै रहेको दराजबाट निकाल्न लगाई पक्राउ गरेका हुन् ।

 

तालिम सञ्चालनका लागि स्थान निर्धारण र संस्था छनौटमा कमिशन माग्ने गरेको आरोप लागिरहेका प्रमुख मण्डल र नासु धिमाललाई विशेष सूचनाका आधारमा केही दिनयता टोलीले पछ्याइ रहेको जनाइएको छ ।

खजुरगाछीमा सञ्चालन भइरहेको विद्युत वाइरिङ तालिम वापतको १ लाख नगद भुक्तानी लिन आएका सेवाग्राहीले रकमको चेक बुझ्नु अगाडि ३५ हजार प्रमुख मण्डल र नासु धिमाललाई आज बिहान ११ बजे बुझाएका थिए । सोही रकम बुझेको आधाघण्टा भित्र दुवैजना अख्तियारको फन्दामा परेका हुन् ।

पक्राउ परेका नासु धिमालले भने आफूलाई आफ्नै कार्यालयका कर्मचारी प्रशिक्षक दीर्घ धिमालले फसाएको आरोप लगाएका छन् । उनका अनुसार दीर्घले प्रशिक्षर्थीको खाजाभत्ता वापत बैंकबाट झिकेर ल्याएका एक हजार दरका ३५ वटा नोटलाई घूसको रुप दिएर अख्तियार बोलाएको आरोप छ ।

पक्राउ परेका दुबैजनालाई टोलीले नियन्त्रणमा लिई नगदसहित स्थानीय मुचुल्का बनाएर इटहरी लगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *