Sajhamanch Archive

पेट्रोलियम पदार्थ बोकेका ट्याङकरहरु नेपाल छिरे, अभाव टर्यो

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by .

काँकरभिट्टा । अनलाइन माध्यमबाट भन्सार इन्ट्री सिस्टम सुरु भएपछि चार दिनदेखि भारतको पश्चिम बंगलास्थित पानीट्याङ्की भन्सारमा रोकिएका तेलबाहक नेपाली ट्याङकरहरु मंगलबार बिहानदेखि नेपाल प्रवेश गरेका छन् ।

मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत टेकबहादुर अर्यालले पूर्वी नाकाबाट पेट्रोलियम पदार्थ बोकेर नेपाल भित्रिन लागेका ७३ वटा ट्याङ्कर नेपाल प्रवेश गरेको जानकारी दिएका हुन् । कम्प्युटर सिस्टमले काम नगरेको भन्दै ट्याङ्कर लामो समयसम्म भारतीय भन्सारमा रोकिएका थिए ।

यसैका कारण चार दिनदेखि झापा, इलाम, पाँचथर र ताप्लेजुङसहितका ६० पेट्रोल तथा डिजल पम्पहरु बन्द झै भएपछि पेट्रोलियम पदार्थको हाहाकार भएको थियो । पूर्वका यी चार जिल्लामा मात्रै दैनिक १ लाख लिटर पेट्रोल र ३ लाख लिटर डिजेल खपत हुने गरेको व्यवसायीहरुको भनाई छ ।

मेनुयल सिस्टमबाट तथ्याङ्क राखेर भए पनि नेपाली ट्याङ्कर छाडिदिन नेपाल आयल निगम चारआली कार्यालयले भारतीय भन्सारलाई आग्रह गरेको थियो । समाचार स्रोतका अनुसार पेट्रोलियम पदार्थ बोकेका मेचीका ५३ र बिराटनगरका २० गरी ७३ वटा ट्याङ्कर पानीट्याङ्की नाकामा रोकिएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *