Sajhamanch Archive

झापाका २३ युवा पर्यटन प्रवद्र्धनमा प्रदेशभर फन्को लगाउँदै

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by .

झापा । नेपाल पर्यटन वर्ष सन् २०२० लाई लक्षित गरी प्रदेश १ का पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार गर्न झापाका २३ जना युवाले नेपालकै होचो भूभाग कचनकवल स्तम्भबाट सगरमाथासम्मको फेदीसम्म यात्रा शुरु गरेका छन् ।

बुधबार केचनास्थित कचनकवल स्तम्भबाट बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतरा प्रसाईंले अभियानका संयोजक सरोज पौडेललाई रास्टि«य झण्डा हस्तान्तरण गरेर अभियानको शुरुवात गरिदिएकी हुन् ।

अभियानको शुभारम्भका अवसरमा सम्बोधन गर्दै उपप्रमुख प्रसाईंले झापाली युवाको पर्यटन प्रवद्र्धन सम्बन्धी खोजमुलक कार्यक्रमले समृद्ध नेपाल निर्माणमा सहयोग पुग्ने बताइन् । पूर्वका पर्यटकीय क्षेत्रको खोजी गर्न प्रदेश १ का १४ वटै जिल्लाको अवलोकन भ्रमण गर्दै पर्यटनको क्षेत्रबाट स्थानीय क्षेत्रहरूको प्रबर्द्धन गर्न कार्यक्रमको आयोजना गरिएको हो।

मोटरसाइकल मार्फत १० दिने पर्यटन प्रबर्द्धन अभियानमा झापाका स्थानीय सरकार, संघ–सस्थाको सहयोगमा कार्यक्रम आयोजना गरिएको सदस्य ढुण्डिराज गिरिले जानकारी दिए ।

नेपालको सबैभन्दा होचो स्थानदेखि विश्वको अग्लो हिमाल सगरमाथाको जिल्ला सोलुखुम्बु हुँदै प्रदेशभरिका ऐतिहासिक, धार्मिक, साँस्कृतिक एवम् पर्यटकीय स्थानको दृश्य छायाङ्कन गर्दै समृद्धिका लागि पर्यटनको कार्यक्रम मार्फत जागरण अभियानको थालनी गरिएको बिर्तामोड नगरपालिका वडा नम्बर २ का वडा सदस्य किशोर पौडेलले बताए । प्रदेश एक पर्यटकीय पूर्वाधारको हिसाबले निक्कै अगाडि रहेको छ।

टोलीले दोस्रो दिनको बेलुकासम्ममा झापाको कचनकबल, किच्चकबध, गरामनी, बिर्तामोड नगरपालिका, इलामको सानो पाथीभरा, कन्याम, श्रीअन्तु, भालुढुङा, माइपोखरी लगायत क्षेत्रमा पुगेर अवलोकन तथा छायांकन गरेको जनाइएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *