Sajhamanch Archive

मिस एसईईहरुले दिए आपांग बालबालिकालाई खाद्यान्न

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार, समाज by .

झापा । इकोम मिस एसईई प्रदेश १ का सहभागीले आज आपांग बाल सरोकार केन्द्र अर्जुनधारामा आश्रित बालबालिकालाई खाद्यान्नसहितका दैनिक उपभोग्य वस्तुहरु प्रदान गरेका छन् । ड्रिम्स वल्र्ड इन्टरटेण्मेटको आयोजनामा चलिरहेको बन्द प्रशिक्षणका सहभागीले चामल, दाल, चाउचाउ, बिस्कुट, तुथपेष्ट, ब्रसलगायतका सामग्री हस्तान्तरण गरेका हुन् ।

आयोजक संस्थाका प्रबन्ध निर्देशक प्रणित पुडासैनीको नेतृत्वमा गएको इकोम मिस एसईई प्रदेश १ का प्रशिक्षार्थीहरु सहभागी टोलीले उक्त सामग्री अपांग बालबालिकाहरुलाई हस्तान्तरण गरेका हुन् । आज प्रदान गरिएको सामग्रीको मूल्य २० हजार रुपैयाँ बराबरको रहेको जनाइएको छ ।

प्रतियोगीहरुले बिर्तामोड बजारका चौकचौकमा चटपटे, पानीपुरीलगायतका सामग्री बिक्री गरेर १५ हजार रुपैँया संकलन गरेका थिए । संकलित रकममा आयोजक संस्थाले ५ हजार रुपैयाँ थप गरेर खाद्यान्नसहितका दैनिक उपभोग्य वस्तुहरु खरिद गरेको प्रबन्ध निर्देशक पुडासैनीले जानकारी दिएका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *