धरमपुर सवारी दूर्घटनामा खनालको मृत्यु
Published: (Updated: )
by .झापा । नेकपा झापा क्षेत्र नं. ४ का इन्चार्ज राधाकृष्ण खनाल पुत्री शोकमा परेका छन् । उनकी २७ वर्षीया छोरी रञ्जुको आज सवारी दूर्घटनामा मृत्यु भएको हो ।
आज बिहान कार्यालय आउने क्रममा रञ्जु सवार मे ७ प १६७८ नम्बरको स्कुटीलाई मे १० प ८१४० नम्बरको मोटरसाइकलले धरमपुर चोकमा ठक्कर दिएको थियो । आज बिहान साढे १० बजे खनाल सवार स्कुटी र मोटरसाइकल ठोक्किएको प्रतक्ष्यदर्शीको भनाई छ ।
मोटरसाइकल चालक बिर्तामोड नगरपालिका वडा नं. ५ बस्ने वर्ष १७ को मौसम पाण्डेको पुनर्जीवन अस्पताल झिलझीलेमा उपचार भइहेको र मोटरसाइकलमा पछाडि सवार मोरङ जिल्लाको विराटनगर बस्ने वर्ष २२ का अनिस राउत सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जनाएका छन् ।
स्कुटीमा सवार खनाल शिवसताक्षी नगरपालिका वडा नं. १ मा रहेको धरमपुर स्वास्थ्य चौकीमा ल्याव असिष्टेन्ट पदमा कार्यरत थिइन् ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत धरमपुरमा भएको दुर्घटनामा गम्भीर घाइते भएकी खनालको बिर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यू भएको प्रहरीले जानकारी दिएको हो ।
पूर्वबाट पश्चिम तर्फ गइरहेको मे १० प ८१ नम्बरको मोटरसाइकलले पश्चिमबाट पूर्व आइरहेकी खनाल सवार मे ७ प १६७८ नम्बरको स्कुटीलाई मुख्य सडकबाट दक्षिणतर्फ जाने क्रममा ठक्कर दिएको थियो ।
पारिवारिक स्रोतका अनुसार आजै मेची अञ्चल अस्पतालमा शवको पोष्टमोर्टम गरी बेलुका ५ बजे कनकाई माईमा दाहसंस्कार गरिने भएको छ ।
Comments