Sajhamanch Archive

बिर्तामोड गोल्डकप : पूर्वेली युथ क्लब सेमीफाइनलमा

Published: in खेलकुद by .

बिर्तामोड । बिर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा जारी प्रथम रमपम बिर्तामोड गोल्डकपको बिहीबारको खेलबाट पूर्वेली युथ क्लब बिर्तामोड सेमीफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको खेलमा चन्द्रगढीको मुनाल क्लबलाई ५–२ ले स्तब्ध पार्दै पूर्वेलीले बाजी मारेको हो । पूर्वेलीका लागि विकास बुढाथोकीले खेलको १७औँ मिनेटमा गोल गरेर अग्रता दिलाए । खेलको ३१औँ मिनेटमा पुनः बुढाथोकीले अर्को गोल गर्दै पहिलो हाफमा खेल २–० को स्थितिमा पुर्याए ।

दोस्रो हाफमा भने गोलको वर्षा भयो । खेलको १२औँ मिनेटमा आशिष चापागाईंले उत्कृष्ट गोल गरे । ३–० को अग्रतालाई रोक्दै मुनालका तर्फबाट खेलको १४औँ मिनेटमा श्याम मुर्मू ‘बी’ ले खेल ३–१ मा पुर्याए । तर, ३१औँ मिनेटमा पूर्वेलीका लागि विकेस लिम्बू र ४१औँ मिनेटमा प्रविन गुरुङले गोल गरे । मुनालका लागि ३२औँ मिनेटमा पेमा लामाले गोल गरेर दूरी घटाउने प्रयास गरे ।

खेलको म्यान अफ दी म्याच पूर्वेलीका आशिष चापागाई घोषित भए । उनलाई आयोजक क्लबका अध्यक्ष राजकुमार बिकले नगद तीन हजार रुपैयाँ प्रदान गरे ।

रेड स्टार एफसी बिर्तामोडले आयोजना गरेको गोल्डकपको विजेताले नगद १ लाख ५१ हजार १११ र उपविजेताले ७५ हजार १११ रुपैयाँसहित ट्रफी पाउने आयोजकका अध्यक्ष राजकुमार विश्वकर्माले जनाएका छन् । भोलिको खेल आयोजक रेड स्टार एफसी बिर्तामोड र त्रिवेणी एफसी इलामबीच हुनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *