मेचीनगर वडा नम्बर ६ को योजना तर्जुमा गोष्ठी
Published:
by .काँकरभिट्टा । आगामी आर्थिक वर्ष २०७६/७७ का लागि मेचीनगर ६ नम्बर वडा कार्यालयले योजना तर्जुमा गोष्ठी आइतबार सम्पन्न गरेको छ ।
कार्यक्रममा सहभागी विभिन्न राजनीति दल, संघ–संस्थाका प्रमुख प्रतिनिधि, टोल विकास संस्थाका पदाधिकारी र वडावासीहरुले वडा कार्यालयले प्राथमिकताका आधारमा योजना छनौट गर्न सुझाव दिएका थिए ।
वडाका समस्याहरु नाली, कल्भर्ट, ड्रेन निर्माण, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा विद्युत खानेपानी लगायतका विषयलाई उच्च प्राथमिकतामा राख्न आग्रह गरेका थिए ।
अहिले विषादीको प्रयोगले मानव शरीरमा अनेक प्रकारका प्राणघातक रोग लागेका कारण वडा नम्बर ६ लाई विषादीमुक्त वडा घोषणा गरी अग्र्यानिक खेतीतर्फ किसानलाई लाग्न अभिप्रेरित गर्नुपर्नेमा सुझाव दिएका थिए ।
वडाध्यक्ष ललितबहादुर तामाङको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन वडा सचिव शम्भु पौडेल तथा स्वागत नगर सदस्य राजकुमार श्रेष्ठले गरेका थिए ।
Comments