झापामा प्रदेशस्तरीय खोज पत्रकारिता तालिम सुरु
Published:
by .बिर्तामोड । नारी सञ्चार गृह झापाको आयोजना तथा आन्तरिक मामिला तथा कानून मन्त्रालय प्रदेश नं. १ को आर्थिक सहयोगमा खोज पत्रकारिता सम्बन्धी तीन दिने तालिम आजबाट बिर्तामोडमा शुरु भएको छ ।
नारी सञ्चार गृह झापाका अध्यक्ष अम्बिका भण्डारीको अध्यक्षतामा आयोजित तालिमको उद्घाटन आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव भरतमणि रिजालले गरेका थिए ।
तालिम उद्घाटन समारोहमा बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा मतहरा प्रसाई, पत्रकार महासंघ प्रदेश १ का उपाध्यक्ष सोम सुसेली, पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरी, प्रेस युनियन झापाका अध्यक्ष इन्दू पुर्वेली, फोनिजका झापाका अध्यक्ष विशाल नेम्वाङ्ग, साविक पे्रस चौतारी झापाका सचिव प्रदिप परियारलगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रमको सञ्चालन संस्थाका सचिव रेजिना रोदनले गरेकी थिइन् भने नारी सञ्चार गृहका पूर्व अध्यक्ष सावित्रा दाहालले आमन्त्रितहरुलाई शब्दद्वारा स्वागत गरेकी थिइन् ।
तालिममा प्रदेश नं. १ को विभिन्न सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीहरुकोे सहभागिता रहेको छ ।
उक्त तालिम अन्तरगत पहिलो शेसनको सहजीकरण नेपाल पत्रकार महासंघका पूर्व महासचिव चन्द्र भण्डारीले गरेका थिए । तालिममा बोल्दै भण्डारीले भने, ‘पत्रकार भएर बाहिरको देखावटी कुरामात्र लेख्ने होइन घटनास्थलमा गएर घटनाको सत्यतथ्य कुराहरु खोजी गरेर त्यसको जड पत्ता लगाउनु पत्रकारको कर्तव्य हो ।’
Comments