Sajhamanch Archive

बुद्धशान्तिमा सुपारी खेती प्रवर्धन कार्यक्रम

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार by .

बुद्धशान्ति । झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. ४ का किसानलाई लक्षित सुपारी खेती प्रवर्धन सम्बन्धी एक कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

पाथीभरा मिश्रित कृषक समूह बुद्धशान्ति ४ को आयोजना तथा वडा कार्यालयको संयोजनमा भएको कार्यक्रममा स्थानीय क्षेत्रका ५० बढी सुपारी कृषकहरुको सहभागिता रहेको थियो ।

उपस्थित कृषकलाई सुपारी खेतीको परिचय, महत्व, नर्सरी व्यवस्थापन, अन्तरबाली, मलजल, बगैँचा व्यवस्थापन, गोडमेल र रोगहरुको विषयमा सुपारी खेती विज्ञ ध्रुब रेग्मी, डिल्लीरमण खतिवडा र फडिन्द्र ढुङ्गानाले सहजीकरण गरेका थिए ।

समूहका अध्यक्ष धान्यप्रसाद खतिवडाको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि वडाध्यक्ष बुद्धिमान जवेगु लिम्बू रहेका थिए । कार्यक्रममा वडाध्यक्ष लिम्बू र बुद्धशान्ति कृषि शाखाका प्रमुख भुपेन्द्रकुमार यादवले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न सहभागीलाई आग्रह गरेका थिए ।

जोरपिप्लेस्थित गणेश माविमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य सदस्य रामकुमार गुरुङ्ग र कार्यक्रमको सञ्चालन भिमप्रसाद खतिवडाले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *