Sajhamanch Archive

भाटभटेनी सुपर मार्केटका अध्यक्ष र दुई भूमाफियामाथि सम्पत्ति शुद्धीकरण छानबिन

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भाटभटेनी सुपर मार्केटका अध्यक्ष मीनबहादुर गुरुङ तथा दुई जना भूमाफिया शोभाकान्त ढकाल र रामकुमार सुवेदीमाथि गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अनुसन्धान थालेको छ ।

बालुवाटारस्थित ललितानिवासले चर्चेको करिब एक सय १४ रोपनी सरकारी जग्गा हडपेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को छानबिनमा परेका गुरुङ, ढकाल र सुवेदीमाथि सम्पत्ति शुद्धिकरण विभागले पनि अनुसन्धान अघि बढाएको हो ।

विभागले भाटभटेनीका नाममा देशभर सञ्चालित सुपरमार्केटको जग्गाजमिनसहितको लगानीलायृ पनि छानबिनको दायरामा ल्याएको छ । नागरिक दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *