Sajhamanch Archive

कानूनमा महिला अधिकार सम्बन्धी भद्रपुरमा अभिमुखीकरण

Published: in राष्ट्रिय समाचार, समाज, स्थानीय तह by .

भद्रपुर । भद्रपुर नगरपालिकाले न्यायिक समितिका प्रतिनिधि र जनप्रतिनिधिहरुका लागि कानूनमा भएका महिलाका अधिकार सम्बन्धी अभिमुखीकरण गरेको छ ।

नगरपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा सम्पन्न अभिमुखीकरणमा लैंगिक हिंसा न्यूनीकरणमा न्यायिक समितिको भूमिकालगायतका विषयमा कानून व्यवसायी अधिवक्ता कविता शर्मा र वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले प्रशिक्षण दिएका थिए ।

नगर उपप्रमुख तथा नगरपालिकाको न्यायिक समितिका संयोजक चन्द्रा श्रेष्ठको अध्यक्षतामा सम्पन्न अभिमुखीकरणमा न्यायिक समितिमा परेका उजुरीहरुउपर न्याय सम्पादनका क्रममा देखिएका समस्याहरुका बारे समितिका प्रतिनिधिहरुले आफ्ना अनुभव सुनाएका थिए ।

निकाश पाण्डेले सञ्चालन र महिला तथा बालबालिका शाखा प्रमुख जीवनकला राउतले स्वागत गरेको अभिमुखीकरणमा प्रमुख प्रशासकीय अधिकृत तुलसीबहादुर श्रेष्ठ, वडा नं ७ का वडाध्यक्ष विनोदप्रसाद पोखरेललगायतले धारणा राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *