वित्त विभागका कर्मचारी तिखार्दै एनएमसी
Published:
by .बिर्तामोड । जिल्लामा ३८ वटा सेवा केन्द्रमार्फत् ६० हजारभन्दा बढी सदस्यलाई सुविधा दिइरहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले आफ्ना विभागीय कर्मचारीहरुलाई पुनर्ताजगी गराउन आज यहाँ अभिमुखीकरण सञ्चालन गरेको छ ।
संस्थाको आर्थिक प्रशासन प्रणालीसँग सम्बन्धित रहेर आयोजित अभिमुखीकरणमा ४९ जनाले सहभागिता जनाएका छन् । बिर्तामोड कार्यालयका प्रमुख पारसचन्द्र भट्टराईको अध्यक्षतामा सञ्चालित अभिमुखीकरणमा प्रधान कार्यालयका लेखा विभाग प्रमुख सूर्यप्रसाद भट्टराईले सहजीकरण गरेका हुन् ।
एनएमसीका सबै कार्यालयबाट विभागीय जिम्मेवारहरुको प्रतिनिधित्वमा आयोजित आर्थिक प्रशासन प्रणाली सम्बन्धी अभिमुखीकरणको सञ्चालन कर्पोरेट कार्यालयका लेखा तथा वित्त विभाग प्रमुख नविन भण्डारीले गरेका थिए ।
Comments