Sajhamanch Archive

चिनियाँ जहाजको अन्तिम किस्ता रोकिने

Published: (Updated: ) in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

काठमाडौं । सरकारले अनुदान तथा सहुलियत ऋणमा ल्याइएका ६ वटा चिनियाँ जहाज (दुईवटा एमए ६० र चारवटा वाइ १२ )को अन्तिम १० प्रतिशत किस्तावापतको ३४ करोड रुपैयाँ नेपाल वायुसेवा निगमले चीन सरकारलाई नतिर्ने भएको छ ।

सरकारले ७ वर्षअघि चीनको एक्जिम बैंकबाट ३ करोड ५१ लाख अमेरिकी डलर सहुलियत ऋण लिई यी विमान निगमका लागि खरिद गरेको थियो । कूल ऋणमध्ये बुझाउन बाँकी ३४ करोड रुपैयाँ नबुझाउने निर्णय निगमले गरेको छ ।

दुई मुलुकबीच सहुलियत ऋण लिनेदिने सम्झौता भएपनि जहाज गरिद सम्झौता भने निगम र चीन सरकारको स्वामित्वमा रहेको एभिक इन्टरनेसनल होल्डिङ कर्पोरेसनबीच भएको थियो ।

कान्तिपुर दैनिकबाट।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *