Sajhamanch Archive

चन्द्रमामा मानिस पुगेको ५० औं वर्षगाँठ विश्वभर मनाइँदै

Published: in विविधा, विश्व समाचार by .

काठमाडौं । चन्द्रमामा मानिसले पहिलो पटक पाइला टेकेको ५० औँ वर्षगाँठ विश्वभर विभिन्न कार्यक्रम गरी आज मनाइँदै छ ।

सन् १९६९ को जुलाई २१ मा अमेरिकी अन्तरिक्षयात्री नील आमस्ट्रङ, बज एल्ड्रिन र माइकल कोलिन्सले चन्द्रमामा पहिलो पाइला टेकेका थिए । उनीहरु एपोलो–११ अन्तरिक्षयानमार्फत चन्द्र सतहतमा उत्रिएका थिए ।

अन्तरिक्ष यान चन्द्रमामा अवतरण गरेको ६ घण्टा ३९ मिनेटपछि नील आमस्ट्रङले चन्द्रमामा पाइला टेकेका थिए ।

आमीट्रङमा चन्द्रमामा पाइला टेक्ने पहिलो मानव हुन् । उनले चन्द्रमामा पाइला टेकेको १९ मिनेटपछि एल्ड्रिनले र त्यसपछि कोलिन्सले पाइला टेकेका थिए ।

उनीहरुले सवा दुई घण्टा अन्तरिक्ष यान बाहिर चन्द्रमामा बिताएका थिए । उनीहरुले साढे २१ किलो चन्द्रमाको माटो तथा ढुंगासहितका सामग्री पृथ्वीमा ल्याएका थिए ।

मानवले चन्द्रमामा पाइला टेक्दा जुलाई २१ भएको थियो, तर एपोलो ११ जुलाई २० मै चन्द्रमाको सतहमा अवतरण भएको थियो ।

नेपाली समय अनुसार सन् १९६९ को जुलाई २१ को बिहान ९ बजेर २१ मिनेट जाँदा नील आम्स्ट्रङ एपोलोबाट बाहिर निस्केर चन्द्रमाको सतहमा आफ्नो पाइला राखी इतिहास बनाएका थिए ।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले एपोलो ११ मिसनको भिडियो फुटेज अनलाइन स्ट्रिमिङ गरेर ५० औँ वर्षगाँठ मनाएको छ ।

५० वर्षअघि भएको ऐतिहासिक कार्यको साक्षी नयाँ पुस्ता पनि बनुन् भनेर नासाले सो क्षणको भिडियो देखाएको हो ।

अमेरिकाले सन् २०२४ सम्ममा पुनः चन्द्रमामा मानव पठाउने बताएको छ ।(एजेन्सी)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *