पूर्वीनाका काँकरभिट्टामा खाने माछा, सिद्रा र भूरा आयातमा उतार चढाव
Published: (Updated: )
by .मेचीनगर । सरकारले व्यवसायिक माछापालनका लागि रकम अनुदान दिन थालेपछि नेपाल आयात गरिने भारतीय माछाको परिमाणमा कमी आएको छ ।
पशु क्वारेन्टाइन कार्यालय काँकरभिट्टाको तथ्याङ्कले ६ वर्षयता पूर्वीनाकाबाट खाने माछाको आयात क्रमशः ओरालो लागेको देखाउँछ । कार्यालयले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७०/०७१ देखि २०७५/०७६ सम्ममा खाने माछाको आयातमा उतार चढाव देखिन्छ । आर्थिक वर्ष २०७०/२०७१ मा २ हजार ७९ दशमलव ८४ मेट्रिक टन माछा आयात भएको थियो । सो परिमाण बितेको आर्थिक वर्षमा घटेर १३ दशमलव ८२ प्रतिशत मेट्रिक टनमात्र आयात भएको तथ्याङ्क छ ।
कार्यालय प्रमुख पशु चिकित्सक मुकेशकुमार सिंहका अनुसार यो वर्षको परिमाण आर्थिक वर्ष २०७४/०७५ को तुलनामा १२ प्रतिशतले घटेको हो । उनका अनुसार सो अवधिमा १ हजार ५६० दशमलव ८ मेट्रिक टन खानयोग्य माछा आयात भएको थियो ।
आर्थिक वर्ष २०७१/०७२ मा काँकरभिट्टा नाका हुँदै २ हजार १०८ दशमलव ६६ मेट्रिक टन माछा आयात भएको थियो भने आर्थिक वर्ष २०७३/०७४ मा १ हजार ६७४ दशमलव ९८८ मेट्रिक टन मात्र आयात भएको छ । आर्थिक वर्ष २०७२/०७३ को तुलनामा ३ दशमलव ५१ प्रतिशतले आयात घटेको कार्यालय प्रमुख सिंहले बताए ।
आर्थिक वर्ष २०७२/०७३ मा १ हजार ७३६ मेट्रिक टन माछा आयात भएको तथ्याङ्क छ । नेपाल सरकारले व्यवसायिक माछा पालनमा किसानलाई पोखरी खन्नका लागि रकम अनुदान दिएका कारण व्यवसायिक कृषकको आर्कषण बढेको उनको भनाई छ ।
यसैगरी, व्यवसायिक रुपमा नेपालमा माछा पाल्न थालेपछि भारतबाट हुने माछाको भुराको आयातमा भने बृद्घि भएको थियो । किसानले धमाधम पोखरी खनेर व्यवसायिक माछा पालन गर्न थालेपछि भुराको आयातमा बृद्घि भएको थियो । तर आर्थिक वर्ष २०७५/०७६ मा यसको आयात शून्य रह्यो । पछिल्लो समय भारतले जीएसटी अनिवार्य गरेसँगै अहिले भारतबाट माछाका भुरा आउने क्रम रोकिएको कार्यालयले जनाएको हो ।
आर्थिक वर्ष २०७०/०७१ मा काँकरभिट्टा नाका भएर भारतबाट २५ लाख ६३ हजार वटा माछाका भुरा नेपाल आयात गरिएको थियो । आर्थिक वर्ष २०७०/०७१ मा त्यो संख्या बढेर ३२ लाख ८८ हजार ४०० वटा पुग्यो । कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७२/०७३ मा २० लाख २ हजार वटा माछाका भुरा आयात भएको थियो ।
आर्थिक वर्ष २०७३/०७४ मा त्यो संख्या ६ दशमलव ५५ प्रतिशतले बढेर २१ लाख ३१ हजार ४०० वटा पुगेको थियो । आर्थिक वर्ष २०७४/२०७५ मा भुरा आयात घटेर १ लाख ८३ हजार १०० वटामा झरेको पशु चिकित्सक सिंहले बताए । तर आर्थिक वर्ष २०७५/०७६ मा माछाको भुरा आयात शून्य छ ।
नेपाल मै धमाधम माछापालन गर्न थालेपछि खाने माछाको आयातमा कमि हुनका साथै सिद्रा माछाको मागसमेत आयात घटेको छ । फ्रेस माछा स्थानीय बजार मै उत्पादन हुन थालेपछि उपभोक्ताको आकर्षण सिद्रा माछामा घटेकाले माग पनि घटेको कार्यालय प्रमुख सिंहको भनाई छ ।
Comments