सुकेटार विमानस्थलमा महिना दिन अघिदेखि उडान बन्द
Published:
by .ताप्लेजुङ। ताप्लेजुङको सुकेटार विमानस्थलमा एक महिना अघिदेखि उडान बन्द भएको छ । साताको दुई दिन सञ्चालन हुदै आएको एकमात्र नेपाल वायुसेवा निगमको उडान मौसमका कारपण एक महिना अघिदेखि बन्द भएको हो ।
गएको जेठ महिना सम्म साताको दुई दिन नियमित उडान हुदै आएको नेपाल वायुसेवा निगमको उडान बर्खा मौसम संगै जेठको अन्तिम बुधबार अर्थात २९ गतेबाट ठप्प भएको छ ।
बर्षातको मौसम सुरु भएसंगै खराब मौसमका कारण उडान सञ्चालन हन नसकि बन्द भएको ताप्लेजुङस्थित नेपाल वायुसेवा निगम, स्टेशन कार्यलयले जनाएको छ ।
स्टेशन कार्यलयका अनुसार जेठको अन्तिम बुधबार अघि पनि केहि उडानहरु मौसमकै कारण तोकिएको दिन अनुसार हुन सकेको थिएन । बर्खा सिजनभर खासै मौसममा सुधार नआउने हुनाले अझै लामो समय उडान सञ्चालमा आउने स्थिति नभएको निगम कार्यलयले जनाएको छ । माउसमा सुधार आए चाडै उडान सन्चालन गर्न सकिने तर भदौ अगाडि सम्भावना अत्यन्तै न्यून रहने बताइएको छ ।
ताप्लेजुङ–काठमाडौं सीधा उडान सञ्चालन हुँदै आएकोले यात्रुको चाप अधिक रहने गरेको छ । यात्रुले ताप्लेजुङ देखि काठमाडौं सम्म हावाई यात्रा गर्नका लगि दुई तीन उडान अगावैदेखि टिकट निश्चित गर्ने गरेका थिए ।
अहिले महिना दिन अघिदेखि उडान अवरुद्व भएपछि यात्रु तथा ताप्लेजुङ भित्रने पर्यटक समेत सेवाबाट बञ्चित भएका छन् । सुकेटार विमानस्थल कालोपत्रे (पिच) भएपछि हिउँद र बर्खा दुवै सिजन नियमित उडान हुनेमा यात्रु तथा जिल्ला बासी विश्वस्त थिए ।
विमानस्थल निमार्ण भएको लामो समयपछि कालोपत्रे भए पनि बर्खा सिजनमा पहिलेजस्तै उडान नियमित सञ्चालनमा नआएपछि यात्रु दुखित बनेका छन् । करिव २४ सय मिटरको उचाइमा विमानस्थल रहेकाले बर्खामा बाक्लो कुहिरो र हुस्सुले ढाक्ने भएका कारण यो सिजनमा उडान अवरुद्व हँदै आएको छ । यता हवाई सेवा लिनबाट बञ्चित यात्रुले हिजोआज गाडी यात्रामा पनि सास्ती खेप्दै आएका छन् ।
वर्षाका कारण पूर्वको मेची राजमार्ग र अन्य राजमार्गहरुमा ठाउँठाउँमा पहिरोले यातायात अवरुद्व पुर्याउँदै आएका कारण यात्रुले सास्ती खेप्दै आएका हुन् ।
Comments