फिलिपिन्समा लगातार दुई शक्तिशाली भूकम्प, कम्तिमा ८ जनाको मृत्यु
Published: (Updated: )
by .फिलिपिन्समा दुईवटा शक्तिशाली भूकम्प गएको छ । शनिबार बिहानै फिलिपिन्सको बातानेस प्रान्त केन्द्रविन्दु भएर ५.४ र ५.९ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पका कारण कम्तिमा ८ जनाको ज्यान गएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । भूकम्पका कारण झण्डै ६० जना घाइते भएका छन् ।
भूकम्प गएका बेला अधिकांश मानिस घरमै थिए । भूकम्प गए पनि सुनामीको चेतावनी भने दिइएको छैन ।
बिहानै भूकम्प गएकाले र मानिसहरु सुतिरहेकाले केहीको मृत्यु भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएका छन् । भूकम्पका कारण धेरै घरहरु भत्किएका छन् ।
Comments