Sajhamanch Archive

ङुइलाबाट खुसुखुसु सुन तस्करी

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । धार्चे–३ खोर्लाबेंसीको ओढारबाट प्रहरीले बिहीबार १६ किलो सुन बरामद ग¥यो । बस्तीबाट हजार मिटर माथिको अनकन्टार ओढारमा सुन लुकाइएको थियो ।

प्रारम्भिक अनुसन्धानमा धार्चे–१ यारुबगरका व्यापारी धनकमल गुरुङले छेकम्पारको ङुइला नाका हुँदै तिब्बतबाट सुन ल्याएको खुलेको छ ।

प्रहरीले शुक्रबार उनलाई राजस्व अनुसन्धान विभागमा बुझाएको छ । ‘यसको अनुसन्धान अब विभागले नै गर्छ,’ एसपी ओम अधिकारीले भने ।

कन्तिपुर दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *