Sajhamanch Archive

पत्रकार दिपीन राई पितृ शोकमा

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by .

झापा । यलम्बर टाइम्स साप्ताहिकका सम्पादक दिपीन राईलाई पितृ शोक परेको छ ।उनका बुवा धनबहादुरको सोमबार दिउँसो निधन भएको हो ।

७६ वर्षीय राई विगत केही वर्षदेखि दम रोगको बिरामी थिए । उनको फोक्सोको आकार पनि सानो भइसकेको थियो । स्वास्थ्यमा केही खराबी आएको महसुस गरेर अर्जुनधारा ७ स्थित निजी निवासबाट उनी करिब अढाइ किलोमिटर टाढा रहेको शनिश्चरेको शंकर हस्पिटल सम्म पैदल हिँडेर आएका थिए ।

शंकर हस्पिटलले स्वास्थ्य गम्भीर भएको अवस्था सुझाएर भेन्टिलेजरमा राख्नुपर्ने भनेपछि बिर्तामोडको बिएन्डसी हस्पिटल उनलाई ल्याइएको थियो । तर, हस्पिटल पुगेको केहीबेरमा नै पत्रकार राईका बुवा धनबहादुरको निधन भएको जनाइएको छ ।

पत्रकार राई फोनिजको प्रदेशस्तरीय बैठकमा इटहरीमा रहेकाले उनी घरआए लगत्तै साँझ अर्जुनधारा ९ स्थित सालबारीमा राई परम्पराअनुसार अन्त्येष्टि गरिएको छ ।

यसैबीच, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश १ का इन्चार्ज दिपीन राईको बुवा धनबहादुर राईको दुःखद निधनप्रति पत्रकारजन्य संघ संस्थाहरुले शोक बक्तब्य जारी गरेका छन् ।

फोनिज संघीय समितिले बुवा धनबहादुर राईको निधनले सिंगो परिवार स्तब्ध भएको जनाएको छ । फोनिजका महासचिव मनोज घर्ती मगरले हस्ताक्षर गरी शोक वक्तव्य जारी गरेका हुन् ।

शोक वक्तब्यमा दिवंगत धनबहादुर राईप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ भनिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *