Sajhamanch Archive

रुसमा रकेट बिस्फोट हुँदा पाँच जनाको मृत्यु, तीन घाइते

Published: in विविधा, विश्व समाचार by .

काठमाडौं । रुसमा रकेट बिस्फोट हुँदा पाँच जनाको मृत्यु भएको छ ।

रुसको राष्ट्रिय परमाणु कम्पनी रोस्ताकमले समुद्री या जल सेनाको टेस्ट रेन्जमा रकेट बिस्फोट भएको बिबिसीले जनाएको छ । रेकट इन्जिनको परीक्षणको क्रममा दुर्घटना भएको बताइएको छ ।

बिस्फोटमा परी घाइते भएका तीन जना कम्पनीमै कार्यरत कर्मचारी रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

सरकारी अधिकारीले सुरुमा नियोन्स्कामा रहेको परमाणु केन्द्रमा भएको बिस्फोटमा दुई जनाको मृत्यु भएको र ६ जना घाइते रहेको बताएका थिए ।

बिस्फोट भएका बेला रेकट रहेको क्षेत्रमा इन्जिनियर तथा प्राविधिक विभागको टिमले काम गरिरहेको थियो ।

रुसी नौसेनाले अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल, क्रुज मिसाइल तथा एन्टी एयरक्राफ्ट मिसाइल प्रक्षेपण गर्न प्रयोग गर्दै आएको नियोन्स्कामा बिस्फोट भएको हो ।(एजेन्सी)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *