महिलालाई स्वावलम्बी बनाउँदै एनएमसी
Published: (Updated: )
by .बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले आजदेखि ४५ दिने एड्भान्स ब्युटीसियन तालिम सुरु गरेको छ । चालू आर्थिक वर्षमा एनएमसी महिला सशक्तिकरण समितिको आयोजना भएको यही पहिलो कार्यक्रम हो ।
संस्थाले विगतमा सञ्चालन गरेको तीन महिने ब्युटीसियन तालिममा सहभागी भएर उत्कृष्ट भएका २० जना महिलालाई लागत साझेदारीमा एड्भान्स तालिम सुरु गरिएको उपाध्यक्ष भगवती घिमिरेले बताइन् । तालिममा सिकेको सीपलाई उपयोग गरी स्वावलम्वी हुन सहभागीहरुलाई अभिप्रेरित गर्दै उपाध्यक्ष घिमिरेले संस्थाका सदस्यहरुले व्यवसाय गर्न चाहेमा एनएमसीबाट कर्जा लिन पाइने सुविधा पनि सुनाइन् ।
४५ दिने एड्भान्स ब्युटीसियन तालिमको सहजीकरण सिटिईभिटीका प्रशिक्षक अप्सरा भण्डारीले गर्नेछिन् । बिर्तामोड र दमकमा सञ्चालनमा रहेका नारी श्रृङ्गार ब्युटीपार्लर तथा ट्रेनिङ सेन्टरका सञ्चालक भण्डारी विगत २० वर्षदेखि यस क्षेत्रमा क्रियाशील रहेको संस्थाका सामुदायिक विभागका सदस्य सचिव अरुणकुमार प्रधानले बताए ।
एनएमसी महिला सशक्तिकरण समितिका संयोजक हेमा सिटौलाको अध्यक्षतामा आयोजित तालिम उद्घाटन कार्यक्रममा सञ्चालक समिति सदस्य डम्बरबहादुर बस्नेत र बिर्तामोड कार्यालयगत समितिका संयोजक शान्ता रोक्का र तालिमका सहजकर्ता भण्डारीले तालिमका विषयमा आ–आफ्ना धारणा राखेका थिए ।
Comments