Sajhamanch Archive

बनियानीमा विद्यार्थीको सिटी जुलुश (फोटोकथा)

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह by .

कचनकवल । कचनकवल गाउँपालिकाले कक्षा १२ सम्मका सबै विद्यार्थीहरुलाई निशुल्क शिक्षाको घोषणा गरे तापनि यसको सार्थक कार्यान्वयन गर्नुको साटो एक मावि एक संकायको शिक्षा नीति अघिसारेर विद्यार्थी संगठनहरुलाई आन्दोलित बनाएको छ ।

बनियानीमा रहेको लक्ष्मी माविमा नेपाली माध्यमको व्यवस्थापन, पथरियामा रहेको लक्ष्मीप्रसाद देवकोटा माविमा अंग्रेजी माध्यमको व्यवस्थापन र पथरियाकै पथरिया माविमा शिक्षा शास्त्र सञ्चालन गर्ने गाउँपालिकाले कार्यक्रम अघि सारेको छ ।

सो विषयमा अनेरास्ववियू, अखिल क्रान्तिकारी र नेपाल विद्यार्थी संघले संयुक्त मोर्चा बनाएर आन्दोलन गरिरहेका छन् । गाउँपालिकाको निर्णय सच्याउन माग गर्दै एकहप्ता अघि तीन दिने अल्टिमेटम सहितको ज्ञापन पेश गरेका संयुक्त विद्यार्थी संगठनले आज विरोध र्याली निकालेका हुन् ।

तीन विद्यार्थी संगठनका नेताहरु अनेरास्ववियूका जिल्ला सचिव रोशन लामा, नेपाल विद्यार्थी संघका जिल्ला सचिव नारायण नेपाल र अखिल क्रान्तिकारीका भक्त विकको नेतृत्वमा विरोध प्रदर्शन भएको हो ।

संयुक्त विद्यार्थी संघर्ष समितिको अगुवाईमा ६०० भन्दा धेरै विद्यार्थीले सिटी फुकेर र्याली सम्पन्न गरेका हुन् । गाउँपालिका नेतृत्वले संयुक्त विद्यार्थी संगठनको आग्रह नसुनेर सुतिरहेकाले ब्युँझाउन सिटी जुलुस निकालिएको विद्यार्थी नेताहरुको भनाई छ ।

बनियानी चोकबाट सुरु भएको सिटी जुलुश गाउँपालिका कार्यालय अगाडि पुगेर कोणसभामा परिणत भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *