प्रत्येक नेपालीलाई ३९,३१६ रुपैयाँ ऋण
Published:
by .काठमाडौं। नेपालीको प्रतिव्यक्ति ऋण ३९ हजार तीन सय १६ पुगेको छ ।
गत आर्थिक वर्ष सरकारको ऋण थपिएका कारण प्रतिव्यक्ति ऋण पनि बढेको हो ।
गत आव प्रत्येक नेपालीलाई ४ हजार ७ सय २४ रुपैयाँ ऋण थपिएको छ ।
महालेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५र७६ मा सरकारको ऋण १३.६५ प्रतिशतले बढेको छ ।
अहिले सरकारको ऋण १० खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ । केन्द्रिय तथ्याङ्क विभागले सन् २०११ को जनगणनालाई आधार मान्दा प्रतिव्यक्ति ऋण ३९ हजार ३१६ रुपैयाँ हुन्छ ।
अन्नपूर्ण दैनिकबाट ।
Comments