Sajhamanch Archive

बिहारका पूर्व मुख्यमन्त्री जगन्नाथ मिश्राको निधन

Published: in विविधा, विश्व समाचार by .

भारतको बिहारका पूर्व मुख्यमन्त्री जगन्नाथ मिश्राको सोमबार निधन भएको छ । पछिल्लो केही दिनदेखि मिश्रा दिल्लीको एक अस्पतालमा उपचाररत थिए ।

८२ वर्षीय मिश्रा तीनपटक बिहारको मुख्यमन्त्री बनेका थिए । १९७५ मा पहिलो पटक, १९८० मा दोस्रोपटक र १९९० मा तेस्रोपटक उनी मुख्यमन्त्री बनेका थिए ।
उनको निधनप्रति बिहारका मख्यमन्त्री नितिश कुमारले दुःख व्यक्त गरेका छन् ।

जगन्नाथ मिश्राले एक प्राध्यापकको रुपमा आफुनो करियर सुरु गरेका थिए र पछि बिहार विश्वविद्यालयमा अर्थशास्त्रको प्रोफेसर पनि बनेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *